यस कारण फिर्ता लिए सभापति पदबाट रेशम बानियाँले उम्मेदवारी

नेपाली कांग्रेस म्याग्दीको छैठौ जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका रेशम बहादुर बानियाँले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिले निर्धारण गरेको समयभित्र वर्तमान सभापति समेत रहेका बानियाँले फिर्ता लिएर अर्का उम्मेदवार खम्बीर गर्बुजालाई सर्मथन गरेका छन् ।

10635793_289561934563984_8722605102843615923_nउम्मेदवारी दर्ताको क्रममै गर्बुजालाई सर्मथन गर्ने हल्ला चलिरहेको भएपनि बानियाँले प्रतिनिधिको ध्यान तान्न दर्ता गरेको स्रोतले बताएको छ । संस्थापन पक्षका बानियाँले महाधिवेशन प्रतिनिधिमा समेत नाम दर्ता गराएपछि केहीबेर विरोध समेत भएको थियो । निर्वाचन समितिले विधानमा उक्त ब्यवस्था रहेको बताएपनि केहीबेर नेत्र बहादुर महत पक्षले चर्को विरोध गरेका थिए । बानियाँले गर्बुजालाई जिताएर केन्द्रमा समेत आफ्नो छवी प्रस्तुत गर्ने दाउमा छन् ।

मनोनितबाट सांसद् भएका बानियाँलाई आगामी महाधिवेशनमा केन्द्रिय सदस्य र कांग्रेस सरकारमा गएपछि राज्यमन्त्री सम्मको अवसर दिलाउने गरी काम गर्ने गर्बुजा पक्षधरले गरेको छ । पार्टीमा आफ्नो पक्षलाई बलियो बनाउन बानियाँले पदाधिकारी सहितका धेरैजसो पदमा आफ्ना निकटहरुलाई लैजाने दाउमा छन् । मनोनितमा समेत बानियाँलाई केन्द्रमा राम्रो पहुँच भएका केवी भण्डारी, चित्र बहादुर केसी सहितको टोलीले पार्टीका चर्को दवाव दिएका थिए ।

नेपाली काँग्रेस म्याग्दीको आगामी चार वर्षे कार्यकालको लागि सभापति सहित विभिन्न पदमा मंगलबार मतदान हुदैछ । निर्वाचन समितिका सदस्य रामजी प्रसाद सुबेदीका अनुसार सभापतिका एक उम्मेदवार बाहेक अन्यले उम्मेदवारी फिर्ता नलिएको जनाएका छन् । उनका अनुसार उम्मेदवारले तीन मिनेट आफ्नो भनाई राख्ने क्रम जारी रहेको बताउँदै त्यसक्रममा फिर्ता लिन सक्ने समेत बताएका छन् ।