काँग्रेसको जिल्ला अधिवेशन अनिश्चितकाल लागि स्थगित

नेपाली काँग्रेसको माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनमा स्थगित भएको छ । पार्टी सभापति शुसिल कोइरालाको सोमबार मध्यरातमा निधन भएपछि जिल्ला अधिवेशका सम्पुर्ण काम रोकिएको हो । पूर्व प्रधानमन्त्री समेत रहेका कोइरालको निधनले शोकमा डुवेको पार्टीले अधिवेशन सहित शोकका कार्यक्रम बारेमा मंगलबार बस्ने केन्द्रिय कार्यसमितिको बैठक बस्ने भएको छ । केन्द्रबाट अधिवेश हुन बारे सुचना जारी भएलगत्तै मतदानको प्रक्रिया सुरु हुने छ ।
IMG_5659
उम्मेदवारी फिर्ता लिने समय समेत सकिएपछि मंगलबारबाट मतदानको प्रक्रिया सुरु सुचना जारी गरिएको थियो । मध्यरातमा केन्द्रिय सभापतिको निधन भएपछि सबै प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको निर्वाचन मण्डका सदस्य रामजी प्रसाद सुबेदीले बताए ।