धार्मिकस्थल मालिका मन्दिर पुग्ने पदमार्ग बन्यो (फोटो फिचर)

20120101_102635म्याग्दीको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मालिका मन्दिर जोड्ने पदमार्ग निर्माण गरिएको छ । विम गाविस–७ इल्पुबाट मन्दिरसम्मको पदमार्ग निर्माण गरिएको हो । पर्यटन कार्यालय पोखराको ५ लाख र विमबासीको २ लाख बराबरको श्रमदानबाट उक्त पदमार्ग निर्माण गरिएको मालिका मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताए । ‘ पदमार्गले भक्तजनलाई आवतजावत गर्न सहज भएको छ । जोखिमपुर्ण तरिकाले आवतजावत गर्ने गरिएको थियो’ पाईजाले बेनीअनलाइनलाई भने ।

20120101_054552विम गाविसको ५, ६ र ७ नम्बर वडा हुदै मालिका मन्दिर सम्म जाने स्थानीय स्रोतसाधनको प्रयोग गरी पदमार्ग बनाइएको हो । समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा अवस्थित मन्दिरमा दर्शन गर्न जाने भक्तजनलाई लक्षित गरी मन्दिर पुननिर्माण, पदैलमार्ग सरसफाई, बस्नेस्थान सहितको पुर्वाधार विस्तार गरिएको छ । करिव डेढ मिटर फराकिलो पदमार्गले स्थानीयबासीलाई बनजंगलमा घाँसदाउर ल्याउन जान समेत सहज हुने समितिले जनाएको छ ।

20120101_063416कुहुँ, पाखापानी, दरबाङ र बिमबाट आवतजावत गर्न सकिने मन्दिरमा भौतिक पुर्वाधार निर्माणका लागि खच्चडबाट समान ढुवानी समेत गरिएको छ । मन्दिरमा चण्डीपुर्णिमा सँगै बर्षको तिनपटक विषेश पुजा गरिने भएपनि आफ्नो अपेक्षा पुरा भएको भन्दै दैनिक जसो भक्तजन जाने गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वासका म्याग्दीका साथै बागलुङ, पर्वत लगाएत देशका विभिन्न क्षेत्रबाट सर्वसाधारण मन्दिरमा पुग्ने गर्दछन् ।

20120101_063404पहाडको टुप्पामा रहेको मन्दिरमा संस्कृति, नृत्य समेत प्रस्तुत गर्ने गरिन्छ । सयौं वर्षदेखि पुजा हुँदै आइरहेको मन्दिरमा पुगेका भक्तजनहरूको विस्वास अनुसार कम्तिमा तिन पटक त्यहाँ पुगेर मालिका मन्दिरको दर्शन गरेमा जुनसुकै मनोकामना पनि पुरा हुने धार्मिक विश्वासका साथ बालबालिका देखि बृद्धवृद्धासम्म मन्दिरमा आउने गरेको पाईन्छ । करिव चार दशक अगाडीसम्म मालिका धुरीमा रहेको एक ढुङ्गामा पुजा गर्दै आइरहेकोमा दर्शनार्थीको चाप बढ्दै गएपछि दरबाङ गाविस–५ निबासी तिर्थबहादुर रोकाको परिवारले २०२५ सालमा सामान्य ढुङ्गाको मन्दिर निर्माण गरेका थिए । त्यस्तै मन्दिरको महिमा बढदै जान थालेपछि उनैको परिवारले २०३७, २०५७ र २०६४ सालमा पटकपटक पुननिर्माण परी दुईबर्ष अगाडी समितिको पहलमा पक्की मन्दिर बनाइएको छ । मन्दिरमा खानेपानी र भक्तजन बस्ने सत्तल समेत बनाइएको थियो । हरिकृष्ण गौतम