नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि स्थगित भएको नेपाली काँग्रेस म्याग्दीको चुनावी चहलपहल फेरी सुरू भएको छ । आगामी फागुन १० गते विहान मतपेटिकाबाट आफ्नो राजनीतिक भाग्यको फैसला हुने काँग्रेस म्याग्दीका उम्मेदवारहरुले दुईहप्तालाई आफ्नो पक्षमा महोल बनाउने प्रयास गरिरहेका छन् । निर्वाचन मण्डलले जारी गरेको उम्मेदवारीको विवरण लिएर चोकचोक, गुठ र समुहमा छलफल गरिरहेका काँग्रेसका नेताहरूले आफ्नो पक्षको सबै प्यानललाई जिताएर केहीको राजनीतिक जीवनमै धक्का दिने गरी योजना समेत बनाएको स्रोतले बताएको छ ।
अधिवेशनमा संस्थापन पक्षबाट चुनावी मैदानमा रहेका सभापतिका उम्मेदवार खम्बीर गर्बुजा र देउवा पक्षबाट नेत्रबहादुर महतको तर्फबाट र स्वतन्त्र रुपमा महाधिवेशन प्रतिनिधि, पदाधिकारी र कार्यसमिति सदस्यमा मतदान दिएका उम्मेदवारले आफुँ कमजोर भएको र कम सम्पर्कमा रहेका गाविस र वडाका प्रतिनिधिहरुलाई आफ्नो उम्मेदवारीको कारण सहित मतदान गर्ने वातावरण बनाइरहेका छन् भने केहीले बलियो पकट रहेको क्षेत्रबाट आउने सबै मतलाई प्यानलमै सर्लक्क ल्याउदाँ कमजोर मानिएका उम्मेदवारले समेत जित्ने दावी गरिरहका छन् ।
गर्बुजाबाट पदाधिकारीको सचिवमा अजय मिलन श्रेष्ठ र महत प्यानलबाट सचिवमा हरिकुमार श्रेष्ठको उम्मेदवारी परेपनि मनोनितमा कसले कुनलाई अगाडी सार्छन् भन्ने विषयमा समेत आन्तरिक बहस चलेको छ । मनोनितमा आश्वासन दिएकाहरुले समेत सदस्यमा निर्वाचित हुनुपर्ने प्रावधान भएपनि विचमा चलखेल भएका त्यसले सभापति सहितका उम्मेदवारलाई समेत असर गर्ने भएकाले पनि सार्वजनिक रुपमै भन्ने हिक्मत दुवै पक्षले गरेका छैनन् । गर्बुजाको पक्षमा खुलेर लागेका सभापति एवम् सांसद रेशम बहादुर बानियाँ सहितको टोलीले उद्घाटन सत्रमै मतदातालाई आफ्नो पक्षका बारेमा जानकारी गराउन समेत गर्बुजाको सर्मथकमा बसेका थिए ।
यता महत पक्षले समेत मतदानमा आफ्नो रणनीतिलाई सुनिश्चित बनाउने प्रयास स्वरुप रणनितिक योजनाहरु बनाइरहेको छ । रत्नेचौर, ज्यामरुककोट, भकिम्ली सहित पश्चिम म्याग्दी, राहुघाट क्षेत्रको मत आफ्नो पक्षमा रहेको र उत्तरी क्षेत्रका केही गाविसमा सुधार भएकाले निर्वाचन जित्ने निश्चित भएको दावी गरेको छ भने गर्बुजा पक्षले जनजातीको नाम सहित संसाद, लोप्रिय बन्दै गएका केवी भण्डारी सहितको गाविसका भोट सतप्रतिशत आउने भएकाले पनि फागुन १० गतेको प्रतिक्षामा रहेको जनाएको छ । दुवै पक्षले दावी गरेपनि मतदाताले यसपटक सहर केन्द्रित नेताहरूलाई भन्दा गाउँ केन्द्रितलाई प्राथमिकता दिने संकेत गाउँ र वडा अधिवेशनबाट प्रष्ट संकेत दिएका छन् ।