नेपाली काँग्रेस म्याग्दीको छठौ जिल्ला अधिवेशनमा विभिन्न पदमा उम्मेदवनारी दिएका छन् । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि स्थगित अधिवेशन फागुन १० गते हुदैछ । अधिवेशनमा सभापतिका उम्मेदवार खम्बीर गर्बुजा र नेत्रबहादुर महत सहित महाधिवेशन प्रतिनिधि, पदाधिकारी र कार्यसमिति सदस्यमा उम्मेदवारी दिएकाले आफ्नो पक्षमा नजिता ल्याउन सक्रिय भएर चुनावी अभियानमा जुटेका छन् ।
निर्वाचनमा जिल्लामा खासै योगदान नभएकाले समेत उम्मेदवारी दिएका छन् । मतदान दिएका उम्मेदवारले आफुँ कमजोर भएको र कम सम्पर्कमा रहेका गाविस र वडाका प्रतिनिधिहरुलाई आफ्नो उम्मेदवारीको कारण सहित मतदान गर्ने वातावरण बनाइरहेका छन् भने केहीले बलियो पकट रहेको क्षेत्रबाट आउने सबै मतलाई प्यानलमै सर्लक्क ल्याउदाँ कमजोर मानिएका उम्मेदवारले समेत जित्ने दावी गरिरहका छन् ।