काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयन गर्न आज मतदान

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनपछि स्थगित भएको नेपाली काँग्रेस म्याग्दीको निर्वाचन प्रक्रिया आज सोमबार देखी सुरु हुदैछ । अधिवेशनमा संस्थापन पक्षबाट चुनावी मैदानमा रहेका सभापतिका उम्मेदवार खम्बीर गर्बुजा र देउवा पक्षबाट नेत्रबहादुर महतको सहित महाधिवेशन प्रतिनिधि, कार्यसमिति सदस्य र पदाधिकारीमा मतदान हुदैछ । निर्वाचन मण्डलले दिएको जानकारी अनुसार मतदानका लागि आवश्यक पर्ने सबै तयारी पुरा भएको छ । निकै प्रतिस्पर्धात्मक मानिएको निर्वाचनमा गर्बुजा र महत पक्षको आफ्नो पक्षमा मत परिणाम ल्याउन निकै प्रयास गरिरहेका छन् ।

गर्बुजाबाट पदाधिकारीको सचिवमा अजय मिलन श्रेष्ठ र महत प्यानलबाट सचिवमा हरिकुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा गर्बुजाबाट टंक हमाल र महतबाट अमृतमान श्रेष्ठ छन् । मत परिणाम प्रभावित हुने डरले आन्तरिक तयारी गरेपनि दुवै पक्षले मनोनित पदको उपसभापति, एक सचिव र सहसचिव बारेमा सार्वजनिक गरेका छैनन् ।

12695737_10153528259516859_1965331103_n-2मनोनित उपाध्यक्षमा संस्थापन पक्षबाट माधव प्रसाद रेग्मी, क्या मिनबहादुर कार्कीको नाम चर्चामा छ । यता महत पक्षले पार्टी बलियो बनाउन सहमतिबाटै उपसभापति बनाउनुपर्ने बताइरहेको छ । निकै प्रतिस्पर्धात्मक हुने निर्वाचन प्रक्रियामा दुवैले आफ्ना पक्षबाट महाधिवेशन प्रतिनिधिमा धेरैलाई विजय बनाएर केन्द्रमा आफ्नो प्रभावलाई देखाउने दाउमा छन् । खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिमा ६ जनाका लागि १९, महिला तर्फबाट २ जनाका लागि ६ जना, जनजाति तर्फ १ प्रतिनिधिका लागि ३ जना, अल्पसंख्यमा १ का लागि ४ र दलिततर्फ १ का लागि ३ जनाको उम्मेदवारी परेको छ । महाधिवेशन प्रतिनिधिमा धेरैको उम्मेदवारी परेकाले पनि लोकप्रियता भएका र गाउँमा समेत कार्यकर्ता माझ जाने नेताले जित्ने निश्चित जस्तै भएपनि काठमाण्डौ तथा कार्यक्रममा मात्रै झुल्किने नेताहरुलाई चुनौतीका पहाड जस्तै भएको छ ।