टोड्के महोत्सव: सर्वाधिक धनराशीको भलिवल प्रतियोगिता

12049498_766928186775835_5246943499852319481_nम्याग्दीको पर्यटकीय स्थल टोड्केमा जिल्लामै सर्वाधिक धनरासीको पश्चिमाञ्चल अन्तर जिल्लास्तरीय भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ । आगामी फागुन २५ देखी २९ गतेसम्म दोस्रो टोड्के महोत्सवको अवसरमा आयोजना हुने प्रतियोगिताको तयारी र प्रचारप्रसार तिब्र बनाइएको अफिसल संयोजक तेजेन्द्र बानियाँले बेनीअनलाइनलाई बताए । ‘जिल्लाकै सबैभन्दा ठुलो धनराशीको पुरस्कार हो । राष्ट्रियस्तरका खेलाडी समेत टोड्केमा पुग्छन्’ उनले भने । पुरुष भलिवलमा अन्र्तर जिल्ला र महिला भलिबल अन्र्तर गाविसस्तरीय हुने छ ।

म्याग्दीका विभिन्न गाविसका साथै अन्य जिल्लाबाट समेत गाविसबाटै सहभागिता जनाउन पाउने छन् । त्यस्तै पुरुष भलिबलमा एक जिल्लाबाट एकभन्दा बढी टिम समेत सहभागि हुन पाउने छ । पुरुष भलिबलको प्रथम १ लाख ११ हजार १११, द्धितिय ६६ हजार ६६६ र महिला भलिबलको प्रथम ४० हजार र द्धितिय २५ हजार सहित मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरमा अवस्थित पर्यटकीयस्थल टोड्केमा खेलाडीलाई खाना र बस्नको ब्यवस्था समेत गरिएको छ । यसैविच महोत्सवमा छेलो, लठो सहित विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । खुल्ला लोकदोहोरमा प्रथम हुनेलाई ३० हजार र द्धितियलाई १८ हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।