सयौंबर्ष देखी टोड्केलाई चिनाउँदै आइरहेको स्वर्गद्धारी आश्रम (फोटो कथा)

SAM_8171
समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्के धार्मिक क्षेत्रमा म्याग्दीकै पुरानो एतिहाँस बोकेको ठाउँ हो । हिन्दु धर्मलाम्बीहरूको आस्थाको केन्द्र मानिने प्यूठानको स्वार्गद्धारी आश्रमको शाखा स्थापना भएदेखी सयौंबर्ष यता पैदलयात्रा गरेरै तपस्या बस्न आउने गरेको धार्मिक पुस्तकमा उल्लेख छ । मनोरम दृष्य, नजिकबाट हिमश्रंखलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको अवलोकन गर्ने जिल्लाकै एक पर्यटकीय क्षेत्र भनेर चिनिएपनि टोड्कले सयौबर्ष पुरानो इतिहास बोकेको धार्मिक क्षेत्रको संरक्षण समेत गरिरहेको छ ।
IMG_0292
टोड्केमा रहेको स्वर्गद्धारी आश्रमको शाखाले फागुनको २४ गते देखी शिवमहापुरण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । कुहुँ गाविसको सिमान र झिँ गाविसभित्र पर्ने आश्रमलाई प्युठानको स्वर्गद्धारीको शाखाका रुपमा चिनिन्छ । महायज्ञका लागि आवश्यक पर्ने खाद्य साम्रागी, लत्ताकपडा सहितको बन्दोबस्ती समेत गरिएको छ । जिल्लाकै इतिहासमा सबैभन्दा पुरानो र इतिहास बोकेको आश्रम भएकाले पनि स्थानीयबासीले आफ्नो ब्यक्तिगत कामलाई समेत थाँती राखेर महायज्ञको तयारीमा जुटेका छन् ।
IMG_0276
सन् १८३४ सालमा स्वर्गद्धारीका महाप्रभुले तपस्या गरेका थिए । महाप्रभुले टोड्केमा आएर तपस्या गरी सिद्धी प्राप्त गरेपछि उनकै पहलमा आश्रमको स्थापना गरिएको अभिलेखमा पाइन्छ।प्युठानको आश्रमबाट बेलाबेलामा पश्चिम म्याग्दीको ताकम हुदै आश्रममा आउने गरेका महाप्रभुले स्वइच्छाले समाधि लिएपछि उनका अनुनायीहरू आश्रममा आएर चौथी तिथीमा भन्डारा लगाउने गरेका आश्रमका कुहुँ पुर्णगाउँका बुढापाका बताउँछन् ।
IMG_0280
२०५४ सालसम्म नियमित रुपमा स्वर्गद्धारीबाट नियमित आउने गरेको भएपनि पछिल्लो समय छिटफुट धार्मिक ब्यक्तिहरु आउने गरेको टोड्के शिवालय मन्दिर ब्यवस्थापन समितिको भनाई छ। आश्रममा त्रिशुले महाराज, भागवतानन्द, शिव गिरी, नरमदानन्द र शोभा गिरी तपस्या गर्न आउने गरेको अभिलेखमा उल्लेख छ ।आश्रम भित्र तपस्या गर्दा लगाउने, प्रयोग गरिएका विभिन्न साम्रागीहरु अहिले पनि रहेको लाल यूवा क्लवका अध्यक्ष टेक राम्जालीले बेनीअनलाइनलाई बताए । ‘टोड्कलाई चिनाउने आश्रम हो । धार्मिक क्षेत्रमा टोड्केलाई आश्रमले चिनाएको छ’ राम्जालीले भने । उनले दोस्रो टोड्के महोत्सवमा समेत महायज्ञलाई प्राथमिकतामा राखिएको बताए ।
IMG_0285
लामो समयसम्म अनुनायीहरूले आश्रमको मर्मत तथा विस्तारका साथै धार्मिक महत्वका पुराना सम्पत्तीलाई समेत संरक्षण गर्ने गरेकाले पनि आश्रमको महत्व रहेको सहसचिव सागर सुबेदीको भनाई छ। रम्भा गिरीले आश्रमको ब्यवस्थापन तथा स्वर्गद्धारीमा आउने नयाँ अनुनायीहरुलाई समेत जानकारी गराउने गरेकाले पनि अहिले पनि आश्रमका बारेमा स्वर्गद्धारीमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ । आश्रममा भागवत पाठपरायण, अखण्ड कृतन भजन, दैनिक पुजाआजका साथै धार्मिक महत्वका गतिविधिहरु हुने गरेका छन् । जिल्लाकै पर्यटकीय स्थलमा रहेको आश्रमको आन्तरिक पर्यटकले समेत चासोपुर्वक अवलोकन गर्न थालेपछि त्यसको संरक्षणमा ब्यवस्थापन समिति समेत गठन गरिएको छ ।
IMG_0289
समितिमा कुहुँ, झिँ र पात्लेखेतको वाखेतका बासिन्दाको सहभागिता रहेको छ । आश्रम आसपासमा तपस्या गर्ने आएकाहरुको मृत्यु भएका समादीहरू समेत रहेका छन् । आश्रमभित्रै रहेको बेतारे इन्टरनेटको सुविधाले समेत घुम्न जानेले प्रयोग गर्ने गरेका छन् । आश्रममा नियमित पुजा गर्ने एक पुजारी सहित ३ जना रहेका छन् । आश्रमको प्रचारप्रसार तथा ब्यवस्थापनका लागि हुन लागेको शिव पुराणबाट संकलिन आर्थिकले जगन्नाथ मन्दिरमा रहेको प्यागोडा शैलीको मन्दिर, तारबार, धर्मशाला तथा आवास ब्यवस्थापनका साथै धार्मिक सम्पदाको संरक्षण लगाएतमा सहयोग गर्ने समितिले जनाएको छ । हरिकृष्ण गौतम
IMG_0291