टोड्के महोत्सवको तयारी ७५ प्रतिशत सकियो

आगामी फागुन २५ देखी २९ गतेसम्म हुन लागेको दोस्रो टोड्के महोत्सवको करिव ७५ प्रतिशत काम सकिएको आयोजकले जनाएको छ । पर्यटनमन्त्री आनन्द प्रसाद पोख्रेलको प्रमुख आथित्यतामा उद्घाटन गरिने महोत्सवमा राखिने स्टलको ढुवानी, प्रचारप्रसार, खेलमैदान सहितका पुर्वाधार ब्यवस्थापन लगाएत महोत्सवलाई आवश्यक पर्ने करिव ७५ प्रतिशत काम सम्पन्न भएको महोत्सव मुल आयोजक समितिका संयोजक मोहन खत्रीले बेनीअनलाइनलाई बताए । ‘थप तयारी तिब्र गतिमा अगाडी बढेको छ । हामीले २४ गते बेलुकीसम्म सबै तयारी पुरा गछौं’ खत्रीले भने । उनका अनुसार प्रमुख अतिथि हेलिकप्टरबाट महोत्सवस्थलमा आउनेछन् ।

12814355_769235539878433_9088315535963784193_nपुरुष र महिला भलिबल सहित छेलो, लठो सहित विभिन्न प्रतियोगितात्मक कार्यक्रम, खुल्ला लोकदोहोरी गितमा सहभागि हुन आउनेहरुको सम्पर्कमै रहेका छन् । आर्थिक संकलनको अभियान तिब्र बनाइएको छ । जिल्लाको ग्रामिण पर्यटन प्रर्वधनको महत्वपुर्ण माध्यम मानिएको महोत्सवलाई स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट समेत सहयोग संकलन गर्ने कार्य भइरहेको टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष बाबुराम आचार्यले बताए ।

‘अझै खर्च जुटाउँदै छौ । महोत्सव लगत्तै पुर्वाधार विकासमा समेत जुट्छौ’ उनले भने । म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरमा अवस्थित todke-23पर्यटकीयस्थल टोड्केमा टेन्ट सहितको ब्यवस्था समेत गरिएको छ । सदरमुकाम बेनीबाट पैदल तथा सवारीसाधनमै पुग्न सकिने टोड्के जिल्लाकै पर्यटकीय गन्तब्यका रुपमा चिनिएको छ । रातो, सेतो लगाएतका १६ प्रजातिका लालिगुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट बनभोज सहित गुराँसमा रमाउन जाने गर्दछन् । पाखाभरी धकमक्क फुलेका गुराँस, हिमश्रंखला, स्थानीय प्रजातीका मुला,आलु यहाँको प्रमुख आर्कषण मानिन्छ। समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमश्रं्खला तथा सुर्योदयको अवलोकन गर्न सकिन्छ । २०६५ साल चैत्र २१ देखी २५ गतेसम्म पहिलो गुराँस महोत्सवको आयोजना गरिएको थियो ।