गुराँस महोत्सवले टोड्केलाई पर्यटकीय गन्तब्य बनायो

लाल यूवा क्लवका अध्यक्ष टेक बहादुर राम्जालीले हातमा गुराँस लिएर सदरमुकाम बेनीमा गुराँस महोत्सवको निम्तो दिएको सात बर्ष वितिसक्यो । टोड्केमा पहिलो गुराँस महोत्सवको तयारीमा जुटेको लाल यूवा क्लवको कडा मेहनत र स्थानीयबासीको सक्रियतामा पहिलो गुराँस महोत्सव सफलतापुर्वक सम्पन्न भएको थियो । २०६५ साल चैत्र २१ देखी २५ गतेसम्म गरिएको महोत्सवले स्वदेश तथा विदेशमा प्रचारप्रसारका साथै चर्चा कमाएको थियो ।
todke-19
सम्भवत नेपालमै पहिलोपटक गरिएको गुराँस महोत्सवले कुहुँ, झिँ, पात्लेखेत र पुलाचौरको सिमानमा अवस्थित टोड्केलाई जिल्लाकै पर्यटकीय स्थलको रुपमा स्थापित गर्न सफल भएको छ । ‘पहिलो पटक महोत्सव गर्दा धेरै नै मेहनत गर्नुप¥यो । स्थानीयकै प्रयासमा जिल्लाको पर्यटकीय क्षेत्र बनाउन सफल भयौ’राम्जालीले भने ।उनले गुराँस महोत्सव लगत्तै सरकारी निकायबाट समेत टोड्केलाई केही रकम विनियोजन भएको थियो । महोत्सवमा लागेको केही रकम अझैपनि आयोजकले तिदैछन् । तत्कालिन अवस्थामा संविधान सभाका सदस्य गोविन्द पौडेल मार्फत समेत केन्द्रमा टोड्केको विकासका लागि बजेटको माग गरिएको थियो ।
todke-20
स्वर्गद्धारी आश्रमको शाखा रहेकाले धार्मिक आवतजावत हुने भएपनि पर्यटकीय स्थलको रुपमा प्रचुर सम्भावना भएपनि ओझेलमा परेको टोड्केको विकासमा महोत्सवका साथै क्यान म्याग्दीले आयोजना गरेको कम्प्यूटर तालिमको समेत योगदान छन् । परम्परागत शैलीमा टहराको ब्यवस्थापन गरेर गरिएको तालिमको समचारले समेत टोड्केलाई चिनाएको थियो । ‘टोड्के जस्ता ठाउँ धेरै छन् भन्नेहरू अझैपनि छन् । तर टोड्केमा गएर कहिल्यै हेरेका छैनन्’ टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष बाबुराम आचार्यले भने । उनले धार्मिक र पर्यटन एकै क्षेत्रमा भएको जिल्लामै कम भएको समेत बताए । टोड्केको प्रचारप्रसारमा गुराँस महोत्सवको महत्वपुर्ण योगदान रहेको पर्यटनका क्षेत्रमा सक्रिय रहेका जानकारहरू समेत बताउँछन् ।
todke-35
पर्यटन संग सम्बन्धि राष्ट्रियस्तरका संघसंस्थाले समेत टोड्केलाई गन्तब्यका रुपमा स्थापित गरेर त्यहाँबाट मालिकाधुरी सहितका पर्यटकीय क्षेत्रसम्म पुग्ने योजना बनाएका छन् भने पुर्णगाउँ, झिँ र वाखेतमा घरबास कार्यक्रम समेत गरिएको थियो । टोड्केलाई नै कार्यक्षेत्र बनाएर विभिन्न कार्यक्रम सहित आउने तयारीमा समेत तीनवटा संघसंस्था रहेका छन् । म्याग्दीका विभिन्न गाविसका साथै बागलुङ र पर्वतको भूभाग समेत देखिने समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमश्रं्खला तथा सुर्योदयको अवलोकन गर्न सकिन्छ ।