यस्तो छ दोस्रो टोड्के महोत्सवको तयारी

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा मंगलबार सुरु हुने दोस्रो टोड्के महोत्सवको तयारी पुरा भएको छ । महोत्सवस्थलमा आवश्यक पर्ने सम्पुर्ण पुर्वाधार पुरा गरिएको छ । महोत्सवमा सहभागि हुन बेनीका साथै विभिन्न क्षेत्रबाट आएका अतिथिहरु मध्येका केही टोड्केमा पुगेको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन बहादुर खत्रीले बताए । ‘आवश्यक तयारी पुरा भएको छ ।निर्धारित समयममै उद्घाटन कार्यक्रम हुने छ’ खत्रीले भने । करिव ७ बर्षपछि पर्यटकीयस्थलमा हुन लागेकाले पनि रौनकता बढेको छ ।
1935944_864059163717062_8544216581602264246_n
सदरमुकाम बेनीबाट छोटो दुरीमा रहेको पर्यटकीयस्थल टोड्केसम्म जान सडक तथा पैदलमार्ग समेत रहेकाले पनि सहभागिले दुवै विकल्प प्रयोग गर्ने गरी प्रचारप्रसार समेत भएको महोत्सव आयोजक समिति एवम् कोषका उपाध्यक्ष बाबुराम आचार्यले बताए । उनका अनुसार उद्घाटन सत्र विहान ११ बजेबाट सुरु हुने छ ।
SAM_8171
प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री आनन्दप्रसाद प्रोखेल हेलिकप्टरबाट आउने भएकाले पनि समयमै फर्कने गरी कार्यक्रम तय गरिएको छ । प्रमुख अतिथिलाई टोड्केमा आएको केही बेरमै परिक्रमा हुने छ । टोड्केलाई चिनाउन भूमिका खेलेकालाई सम्मान कार्यक्रम समेत राखिएको छ ।महोत्सवमा झिँ, पात्लेखेत, कुहुँ, पुलाचौरको डडुवा सहितका स्थानबाट झाकी सहितको परिक्रममा हुने आयोजकले जनाएको छ । तीनवटा गाविसको सिमाना र बेनी नगरपालिका अन्र्तरगत पर्ने पुलाचौरसंग समेत जोडिएको टोड्केको पर्यटन विकासमा सबै एकजुट भएर लागेका छन् ।

महोत्सव सहित फागुन २७ गतेदेखी धाार्मिकस्थल टोड्केमै शिवपुराण महायज्ञ समेत सञ्चालन हुने छ । स्वर्गद्धारी आश्रमको शाखा रहेको टोड्केलाई धार्मिक र पर्यटकीय गन्तब्य बनाउने अभियानमा जुटेका स्थानीयले करिव २९ लाखको अनुमाति खर्च सहित बचत भएको आर्थिकले विभिन्न पुर्वाधारको योजना बनाइएको छ । महोत्सवमा पश्चिमाञ्चलस्तरीय जिल्लाभर अहिलेसम्मको ठुलो धनराशीको भलिवल प्रतियोगिता सहित विभिन्न खेलकुद कार्यक्रम समेत सञ्चालन गरिने छ। रातो, सेतो लगाएतका १६ प्रजातिका लालिगुँरास पाइने भएकाले पनि बेनी तथा आसपासका क्षेत्रबाट बनभोज सहित गुराँसमा रमाउन जाने गर्दछन् ।

पाखाभरी धकमक्क फुलेका गुराँस, हिमश्रंखला, स्थानीय प्रजातीका मुला,आलु यहाँको प्रमुख आर्कषण मानिन्छ। समुन्दी सतहदेखी तीनहजार मिटर उचाईम अवस्थित टोड्केबाट १६ वटा भन्दा बढी हिमश्रं्खला तथा सुर्योदयको अवलोकन गर्न सकिन्छ । म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरमा तथा समुन्द्री सहतदेखी करिव ३ हजार मिटर उचाईमा रहेको टोड्के जिल्लाकै एउटा पर्यटकीय गन्तब्य बनेको छ । २०६५ साल चैत्र २१ देखी २५ गतेसम्म पहिलो गुराँस महोत्सवको आयोजना गरिएको थियो ।