टोड्के महोत्सव: उद्घाटनको साझँ लाली बुढाथोकीको प्रस्तुती

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा मंगलबार सुरु हुने दोस्रो टोड्के महोत्सवको उद्घाटनको साँझ चर्चित लोक गायिका लाली बुढाथोकीको प्रस्तुती रहने छ । महोत्सवमा सहभागि हुन बुढाथोकी मंगलबार विहान टोड्क पुग्ने आयोजकले जनाएको छ । उद्घाटन सत्र लगत्तै बुढाथोकीले महोत्सवमा अवलोकन गर्न गएका दर्शक माझ आफ्नो प्रस्तुती राख्नेछिन् ।

e0a4b2e0a4bee0a4b2e0a580-e0a4ace0a581e0a4a7e0a4bee0a4a0e0a58be0a495e0a4bfe0a4aee0a4bee0a497e0a4b0म्याग्दीको भकिम्ली–४ की बुढाथोकीको सांगितिक क्षेत्रमा प्रवेश गरेकी बुढाथोकीले ‘सालैजो मार्यो नी मायाँले’ ‘काले मा काले’, ‘शिरफुले माया’,‘डाँडापारी गाउँ छ’का साथै हालै म्याग्दीको सदरमुकाम बेनीबजार, भकिम्लीको डोले र स्वर्गआश्रममा छायाङ्न गरिएको पन्चेबाजाको एल्बम ‘बेनि बजार माथी मल्लाज को समेत प्रस्तुती गर्ने बुढाथोकीले बताईन् । ‘आयोजकको निम्तोबाट उत्साहित भएको छु ।

जिल्लामा हुने कार्यक्रममा मिस गर्दैन’ उनले भनिन् । हालै यूरोपको भ्रमणबाट फर्किएकी बुढाथोकीले आफ्नो गायन क्षेत्रलाई चिनाउन म्याग्दी जिल्लाकै भूमिका महत्वपुर्ण भएको समेत बताईन् । हरेक विधाका गीतमा आफ्नो कलात्मक स्वरलाई मिलाउन सक्ने गायिकाको रुपमा चिनिदैं गएकी बुढाथोकीले स्टेजबाट समेत दर्शकलाई सांगितिक महोल बनाउन सक्ने कला छ । अगामी फागुन २९ गतेसम्म संचालन हुने महोत्सवमा म्याग्दीकै कुहुँ गाविसका संगितकार दिपक शर्मा, चर्चित लोक गायक पशुपति शर्मा, लोक गायिक मुना थापा, कृष्ण परियारका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ । कला संवाददाता/ बेनीअनलाइन डेक्स