दोस्रो टोड्के महोत्सवलाई मोना आईइसीबाट १ लाख सहयोग

म्याग्दीको कुहुँ, झिँ, पात्लेखेत, पाखापानी गाविस र बेनी नगरपालीका १२ पुलाचौरको सिमा क्षेत्रमा पर्ने टोड्केमा आयोजित दोस्रो टोड्के महोत्सवलाई म्याग्दी प्रवासी नेपाली संघ अन्र्तराष्टिय कार्यकारी समितिबाट १ लाख आर्थिक सहयोग भएको छ ।

मोना आईईसीका महासचिव घनश्याम शाहीले महोत्सव तथा पुर्वाधार विकासमा समेत सहयोग गर्ने उदेश्यले सहयोग गरिएको बताए । महोत्सवस्थलमै पुगेका शाहीले मोना आईईसीका अध्यक्ष योगेन्द्र बहादुर क्षत्रीको शुभकामना दिदै जिल्लामा हुने हरेक कार्यक्रममा प्रवासी म्याग्देलीको साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाएका थिए । महोत्सवको आयोजक समेत रहेको मोना आईईसीलाई सम्मान समेत गरिएको छ ।
IMG_0448
सुर्योदय, हिमशृङ्खला, गुरासे जंगल, पहाडी भुगोल र ग्रामिण मगर संस्कृतीको अवलोकनका हिसावले सम्भावनायुक्त स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा आयोजित महोत्सवमा क्षेत्रीय स्तरको पुरुष भलिबल, गाविस स्तरीय महिला भलिबल, लोकदोहोरी गित लगायतका प्रतियोगिता हुने टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन खत्रीलृ बताए । उनले मोनासंग सहकार्य गरेर पर्यटनको क्षेत्रमा काम गर्ने बताएका छन् । समुद्रि सतहदेखि दुई हजार ३८० मिटरको उचाईमा अवस्थित टोड्केको धार्मीक तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले टोड्के क्षेत्र विकास कोषको मुल आयोजनामा सुरु भएको महोत्सव फागुन २९ गतेसम्म सञ्चालन हुने छ ।