टोड्के महोत्सवमा कलाकारको प्रस्तुतीले दर्शकको चाप बढ्दै

12696111_1109187825787614_2058643594_nमध्य म्याग्दीको पहाडको टाकुरामा पर्ने टोड्केमा सञ्चालन भएको दोस्रो टोड्के महोत्सवको दोस्रो दिन बुधबारदेखि सांगीतिक कार्यक्रम सुरु भएको छ । साँझपख चिसो मौसम भएपनि टोड्कमा चर्चित कलाकारहरुको सांगितिक प्रस्तुतीले दर्शकको चाप बढ्दै गएको छ । कलाकार लाली बुढाथोकी, मुना थापा, अमित विश्वकर्मा, सज्जन बोहोरा, कुलदिप जुक्जाली, जिवन कार्कीको गित प्रस्तुतीका साथै स्थानीय कलाकारहरुबाट नृत्य प्रस्तुत भएको महोत्सव आयोजक समितिका सागर सुवेदीले बताए । 12833386_1109190089120721_38890148_n

उनले महोत्सवमा आसपासका क्षेत्रका बासिन्दाका साथै सदरमुकाम बेनी, बागलुङ लगाएतका स्थानबाट समेत अवलोकन गर्न आएका छन् । कुहुँ, झिँ, पात्लेखेत, पाखापानी गाविस र बेनी नगरपालीका १२ पुलाचौरको सिमा क्षेत्रमा पर्ने टोड्केमा मंगलबारदेखि दोस्रो टोड्के महोत्सव सुरु भएको थियो । समुद्रि सतहदेखि दुई हजार ३८० मिटरको उचाईमा अवस्थित टोड्केको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले टोड्के क्षेत्र विकास कोषले महोत्सव आयोजना गरेको हो । महोत्सव फागुन २९ गतेसम्म सञ्चालन हुने छ ।
12528140_1109188455787551_1071589641_n
यसैगरी विभिन्न जात जातीको झाँकी, कृषि, वन पैदावार र स्थानीय उत्पादनको प्रर्दशनी महोत्सवको थप आर्कषणका रुपमा रहेको छ । महोत्सवको अवसरमा स्वर्गद्धारी आश्रम परिसरमा शिवपुराण महायज्ञ पनि सञ्चालन हुने कोषका उपाध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । महोत्सवको उद्घाटन समारोहमा मोनाका महासचिव घनश्याम शाहीले मुल आयोजक समितिलाई एक लाख रुपैया नगद हस्तान्तरण गर्नुभएको थियो । महोत्सवलाई जिल्ला विकास समितिले पनि विद्युत रोयल्टीको एक लाख रुपैया बजेट छुट्टाएको छ । आयोजकका अनुसार कुहुँ राम्जाली परिवारले एक लाख ५० हजार रुपैया सहयोग गरेर महोत्सवको मुख्य प्रायोजक बनेका छन् ।
12821971_1109187569120973_1411772020_n