टोड्के महोत्सव : महिला भलिवलको उपाधी झिँ गाविसले जित्यो

पर्यटकीय स्थल टोड्केमा आयोजित दोस्रो टोड्के महोत्सवको अवसरमा संचालन गरिएको गाविसस्तरीय भलिवल प्रतियोगिताको उपाधी झिँ गाविसले हात पारेको छ ।

महोत्सवको अन्तिम दिन सम्पन्न भएको प्रतियोगितामा पर्वतको सालिजा गाविसलाई १ का विरुद्ध ३ सेट हात पादैं आयोजक समेत रहेको झिँ गाविसले उपाधीमा कब्जा जमाएको हो । प्रतियोगितको सुरुवात देखिनै उत्कृष्ट प्रर्दशन गरेको सालिजाले अन्तिममा आफ्नो उपाधी कब्जा गर्ने लक्ष्यमा झिँ गाविसका खेलाडीले असफल बनाइदिएका थिए ।

झिँका खेलाडीले बाख्लो दर्शकको सर्मथन र उत्कृष्ट खेलको फाईदा उठाउँदै प्रतियोगिताको उपाधी हात पारेको हो । प्रतियोगितामा झिँ की टेजकुमारी थजालीले उत्कृष्ट खेलाडी र उत्कृष्ट स्टाईकर सालिजाको अनिता खोरजाले प्राप्त गरिन् ।

IMG_0422प्रतियोगिताका विजेतालाई टोड्क क्षेत्र विकास कोषका अध्यक्ष मोहन खत्री, उपाध्यक्ष बाबुराम आचार्य, अफिसल संयोजक तेजेन्द्र बानियाँ, खेलकुद संयोजक खिमप्रसाद रोकाले महिला भलिबलको प्रथम ४० हजार र द्धितिय २५ हजार सहित मेडल र प्रमाणपत्र ट्रफीले सम्मान गरेका थिए ।

म्याग्दीको सदरमुकाम बेनीबाट करिव १४ किलोमिटरमा अवस्थित पर्यटकीयस्थल टोड्केमामा अन्तिम दिन महोत्सव अवधिकै सबैभन्दा धेरै दर्शकको उपस्थिती रहेको थियो । सुर्योदय, हिमशृङ्खला, गुरासे जंगल, पहाडी भुगोल र ग्रामिण मगर संस्कृतीको अवलोकनका हिसावले सम्भावनायुक्त स्वर्गद्धारी आश्रमको शाखा मानिने टोड्केमा आयोजित महोत्सव शनिबार सकिएको छ ।