म्याग्दीमा आत्महत्या डरलाग्दो समस्या, एकबर्षमा २७ जनाले ज्यान गुमाए

पारिवारिक, गरिवी लगाएत विभिन्न समाजिक कारणलाई आधार बनाउँदै ०७२ मा सानो पासोमा ज्यान अड्काउनेको संख्याले तीनबर्ष यताकै रेकर्ड राखेको छ । ०७१ सालमा झुन्डी, विष सेवन, हामफाली २२ जनाले ज्यान गुमाएका थिए भने ०७२ मा त्यसलाई न्युनिकरण गर्न सहर देखी गाउँसम्म सञ्चालन गरिएका जनचेतनामुलक कार्यक्रम, मनोबैज्ञानिक परामर्श लगाएत विभिन्न उपायलाई समेत चुनौती २७ जनाले आत्महत्याको बाटो रोजेका छन् ।

जिन्दगी नै संघर्ष हो भन्ने भनाईलाई चुनौती दिदैं आमहत्याको अन्तिम बाटो रोज्नेको संख्या बढ्न थालेपछि डरलाग्दो समस्याको रुपमा देखियो । प्रहरी तथ्याङ्कमा आफैले जानी–जानी गरिने आफ्नै हत्याले समाजिक सुरक्षामा गम्भिर असर मात्रै पारेको छैन आत्महत्याको कारण समेत अस्पष्ट र पहिचानमा समेत चुनौती खडा गरेको छ । भुन्डिएर, विष सेवन गरी, आगो लगाई, हाम फालेर र धारिलो हतियारको प्रयोग गरी आत्महत्यामध्ये भुन्डीएर धेरैले प्राण त्यागेका छन् ।

susideघरायसी कलहमा देखाउन खोज्दा, युवापुस्ताका मासिनसमा उच्च महत्वकांक्षा पुरा गर्न नसकेको, प्रेममा असफल, बैदेशिक रोजगारमा गएको बेला श्रीमतिले परपुरुषसँग गर्ने अनैतिक सम्बन्ध, सम्पत्तीको अपचलन, पारिवारिक सम्बन्धमा आएको तिक्तताल लगाएत आत्महत्याका पछाडी एउटा ब्यक्तिसँग जोडिएका थुप्रैै कारणहरू छन् । धौलागिरि अञ्चलमा म्याग्दीमा धेरै आत्महत्याका घटना घट्ने गरेका छन् । हरेकबर्ष आत्महत्याको घटना बढ्न थालेपनि यसलाई न्युनिकरण गर्ने अभियानमा जुट्नुपर्ने देखिन्छ । आबेगमा आएर आत्महत्या गर्नेका कारण पनि यसबर्ष संख्या बढेको देखिन्छ । कपीकलम, झोला लिएर स्कुलमा गए भनेर ढुक्क भएका अभिभावकले आफ्नै कोखबाट जन्मिएको छोराछोरीलाई पासोमा देख्नुपरेको छ ।

मनोवैज्ञानिक परामर्श दिने बेलामा पनि गोपनीयता कायम गर्नुपर्ने, मानसीक रोगीलाई समाजले ब्यवहारले पनि आत्महत्यामा कमी ल्याउने सकिने आधारहरू हुन् । मानसीक तनाव दिएर आत्महत्या गर्न बाध्य बनाइएकालाई कर्तब्य ज्यान मुद्धा सरह कारवाही गरिएमा संख्यामा न्यूनिकरण गर्न सकिन्छ । तीनबर्षमा करिव ५५ जनाले आत्महत्याको बाटो रोज्नेको डरलाग्दो तथ्याङ्क भएपनि यसलाई रोकथाम गर्ने अभियानलाई अझै प्रभावकारी बनाउनुपर्छ । स्कुले बालबालिका देखी बृद्धबृद्धासम्मले आत्महत्या गरेको सुची बनाउँदै प्रहरीले ०७२ लाई विदा दिएको छ । हरिकृष्ण गौतम