लोक संस्कृतिको संरक्षण र सांगितिक क्षेत्रमा फापेको बर्ष–२०७२

12980782_1006994492726158_1524708491_oम्याग्दी जिल्ला लोक संस्कृतिको उर्वरभूमी मानिन्छ । लोक संस्कृतिको क्षेत्रमा जिल्लाको लामो इतिहास छ । लोक संस्कृतिलाई संरक्षण गर्ने अभियान तथा गायनको क्षेत्रमा समेत पछिल्ला केहीबर्ष यता यूवापुस्ताको आर्कषण पनि ह्वात्तै बढेको छ । हरेक बर्ष नयाँ गायक र चर्चित गीतले समेत जिल्लालाई नेपालमा चिनाउन सफल भएको छ ।

13015057_1007009542724653_1016415582_nहामी माँझबाट विदा भएको २०७२ साल म्याग्दीलाई लोकसंस्कृतको संरक्षण तथा प्रर्वधनका साथै सांगितिक क्षेत्रमा समेत फापेको बर्षको रुपमा देखियो । ०७२ सालको बैशाख १२ गतेको भूकम्प, बैसरी पहिरोमा परेका म्याग्देलीलाई लक्षित गरेर समेत गीत बजारमा आए ।

13020080_1007004392725168_1688051673_n (1)प्राकृतिक विपत्ती देखी मायाँप्रेम, लोकसंस्कृति, लोपउन्मुख पन्चेबाजा, यूवापुस्तालाई आर्कषित गर्ने विभिन्न गीतहरू बर्षभरी लगातार बजारमा आइरहे । स्वदेश देखी विदेशसम्म रहेका म्याग्देलीहरूलाई मनपर्ने गीतहरू बजारमा आउन थालेपछि गायन क्षेत्र विस्तारै ब्यवसायीक बन्ने बर्षको रुपमा समेत ०७२ चिनियो ।

13000531_1007011266057814_671675664_oरमेश विक्रम रत्नको बैसरी पहिरो, सुमि सापकोटाको माछा पानीमा, राजेन्द्र सापकोटाको डाँडै भयो अल्को, कुमार पुनको भैन अरुको सालैजो, अमित विश्वकर्माको तीज गित घाँटी रित्तै कानै रित्तै, लाली बुढाथोकीको बेनी माथि मल्लाज, राम गगनको बेनीको बजार मनपर्ने हजार, सञ्जन बोहोराको आँखा जुध्यो फेरी, प्रकाश दुतराजको फुलीवाली, धु्रब जिसीको लोभै लाउने जियु, गायिका निशा केसीको पञ्चेबाजा, करण पुनको शिर फुले मायाँ, निर्मला गर्बुजा सालैजो भो कान्छी बेनीको बजार, संगित प्रेमी अमर तिमी नै घाँम तिमी नै जुन, कोपिला छिनालको प्रदेशमा छु र नकुल ढकाल रोइला गित रुदै जान्छु मेला, बल बहादुर परियारको दशैं दशा भयो लगाएत दर्जनौ गीत नेपाली बजारमा आए ।

12992333_1007006182724989_1142442423_nबर्षभरी रमेश विक्रम रत्नको बैसरी पहिरो, राम गगनको बेनीको बजार मनपर्ने, नकुल ढकालको राइला, लाली बुढाथोकीको बेनी माथि मल्ला सहितका गीतले धेरै चर्चा पाए । सांगितिक क्षेत्रमा लागेकालाई ठुला महोत्सव देखी गाविसस्तरसम्म लाग्ने मेलामा निम्तो बुझ्न भ्याईनभाई भयो । आर्थिक हिसावले पनि यसपटक म्याग्दीमा चलेका कलाकारहरूले सन्तुष्ट रहेको देखियो। सञ्चार क्षेत्रमा लोकप्रियता कमाइरहेका अमित विश्वकर्मा र पदम विश्वकर्मा सहितले सञ्चारकर्मीको जिम्मेबारी सहित ग्रामिणक्षेत्रमा हुने मेलामा समेत आफ्नो प्रस्तुतीलाई देखाउन सफल भए भने निशा केसी, धुव्र जिसीको पञ्चेबाजा र नकुल ढकालको राईला गीतले समेत सहर देखी गाउँसम्म चर्चा कमायो ।

12992944_1007004762725131_1758795658_nबेनीबजार र म्याग्दीका गाउँ जोडेर बनाइएका गीतहरू मोवाईलको रिङटोन देखी एफएम, टेलिभिजनसम्म निरन्तर स्थान पाए । गितसंगितमै रमाउने दिनेश जुग्जालीको बाध्यवादनमा समेत धेरै गीतहरूमा स्थान पाए । बेनीबजारमा गायक धुव्र जिसीको लगानीमा म्याग्दी दोहोरी साँझ खुलेपछि कलाकारहरुलाई टाइमपास मात्रै नभई आफ्नो कलालाई प्रस्तुत गर्ने अवसर समेत मिल्यो । सम्रगमा प्राकृतिक विपत्तीले सकसमा वितेको म्याग्देलीको ०७२ बर्षलाई गीतसंगितले मनोरञ्जनले केही हद्सम्म मलम लगाउने प्रयास ग¥यो । अमर खत्री