पीडा र प्राप्तिको वर्ष २०७२ : नारी उत्थानका लागि महत्वपूर्ण वर्ष सावित

वि.सं. २०७२ बिदा भई २०७३ सालको प्रारम्भ भएको छ । नयाँ सालको प्रारम्भ भएसंगै विगत नदोहोरियोस् र आगत सुख र सम्मृद्धमय बनोस् भनेर कामना गरिदैछ , शुभकामना आदानप्रदान हुँदैछन् । भूकम्पीय विपत्तिसंगै म्याग्दी जिल्लालाई अर्को विपत्ति पनि आइलाग्यो २०७२ सालमा । काफलडाडाँको पहिरोले १७ घण्टासम्म कालीगण्डकी नदी थुनिएको घटनाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नै निकै चर्चा पायो । वैशरीको पुरै बजार नै विस्थापित बन्यो । मुना र मुदीमा पहिरोले ज्यान लियो,सडक दुर्घटनादेखि लिएर हवाइ दुर्घटनासम्म भयो र आफन्त गुमाएको पीडामा धेरैलाई रुवायो वर्ष २०७२ ले ।

पीडाको हिसाबकिताव मात्र गर्ने हो भने वर्ष २०७२ कुनै अर्थमा पनि शुभ बन्न सकेन । तर पीडाकै बीचमा पनि केही ऐतिहाँसिक महत्वका नजिरहरु स्थापित गर्न वर्ष २०७२ सफल रह्यो । २०७२ असोज ३ गते नेपालका लागि ऐतिहाँसिक दिन वन्यो । ७० वर्षदेखिको नेपालीहरुको चाहना पुरा भएको सो दिन इतिहाँसका पानाहरुमा स्वर्णीम अक्षरले लेखिने दिन बन्न सफलभयो । नेपालको संविधान २०७२ जारी भयो । नयाँ संविधान जारी भएसंगै असन्तुष्ट भएको भारतले अघोषित नाकाबन्दी सुरु ग¥यो ।२०२७ साल, २०४६ सालमा नाकाबन्दी चखाइसकेको भारतले २०७२ सालमा पनि नाकाबन्दीकै तुरूप प्रयोग गरेर नेपालीहरुको स्वाभिमानलाई गिराउने असफल चेष्टा ग¥यो ।

नयाँ संविधानप्रति असन्तुष्ट भारतले अघोषित रूपमा लगाएको नाकाबन्दीका कारण इन्धन, औषधि आदिको अभाव चर्किई राष्ट्रिय सङ्कट नै तेर्सिनपुग्यो । चार महिनापछि नाकाबन्दी त खुल्यो तर अझै स्थिति सहज भएको छैन । गएको फागुनदेखि मधेस आन्दोलन मत्थर र नाकाबन्दी अन्त्य नभएको होइन तर उतिबेला चम्किएका कालोबजारी र महँगी रोकिनुसाटो झनझन् चुलिंदै छन् । खासगरी खाना पकाउने एलपी ग्यासको अभावले घरघरमा वितृष्णाको तरङ्ग फैलँदो छ । भूकम्पीय महाविपत्तिसंगै २०७२ सालले धेरै कुराहरु दिएर र त्यो भन्दा पनि धेरै कुराहरु लिएर गएको छ । जे भएपनि २०७२ सालमा नेपालको नयाँ संविधान जारी हुनुलाई कम महत्वपूर्ण मान्न भने सकिदैन ।

फेरि नाकाबन्दीको आशङ्काले जनमानस त्रसित छ । मधेसका नाममा ठुस्किएको भारत संविधानमा संशोधन गरिएपछि पनि सन्तुष्ट भएको छैन । दुई साता अघि ब्रसेल्समा जारी युरोपेली सङ्घसँगको संयुक्त विज्ञप्तिमा उसले ‘अपूर्ण’ विशेषण दिँदै नेपाली संविधानको आलोचना गरेको छ । के निहुँ पाउँ कनिका बुकाउँ भने झैं मधेसका नाममा भारतले किचिरपिचिर गरिरहेको भए पनि अभ्यन्तरमा उसको चाहना अर्कै रहेको विश्लेषण पनि छ । खासगरी नेपालको संविधानमा धर्म्निरपेक्षता रहनुलाई मोदी सरकारले अपाच्य मानेको आँकलन निश्चय नै निराधार छैन ।

भूकम्प, मधेस आन्दोलन, भारतीय अघोषित नाकाबन्दी, कालोबजारी, महँगी, बेरोजगारी जस्ता पक्षले २०७२ साललाई अँचेटेको भए पनि यत्तिमै यो सीमित छैन, संविधान उल्लेख्य प्राप्ति बनेको छ । केवल भारतको निर्भरता अन्त्य गर्न चीनसित भएका पारवहन, व्यापार आदि सन्धि, सम्झौता स्मरणीय छन् । खासगरी अधिकतम उत्तरी सीमानाका खोल्ने, व्यवस्थित तुल्याउने र ल्हासाबाट सिगात्से हुँदै केरुङ आउने रेललाई काठमाडौँ, पोखरा र लुम्बिनीसम्म पु¥याउने सोच आफैँमा उपलब्धिका द्योतक हुन् ।

08032016072214nari-1000x0आवश्यकता सोचलाई सार्थक अनुवादमा परिणत गर्नुको छ । भारतसित होस् वा चीनसित गरिएका सन्धि, सम्झौता, समझदारीको शीघ्र कार्यान्वयनमै नेपाल र नेपालीको सुन्दर भविष्य गाँसिएको छ । पोखरामा क्षेत्रीय, अन्तर्रा्ष्ट्रिय विमानस्थलको शिलान्यास हुनुले अपेक्षित दिशातर्पm गतिशीलता बढ्ने लक्षण दिएको छ । लक्षणलाई व्यवहारमा रूपान्तरण गर्दै जानु वर्तमान आवश्यकता हो ।

नयाँ संविधान बनेपछि सिर्जिएको नयाँ परिवेशमा एउटा सुन्दर पाटो अगाडि आएको छ, नारी नेतृत्वको पाटो । मुलुकको सर्वोच्च पद राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वा्चित हुनुभएको छ भने विशेष महत्वको सभामुख पदमा ओनसरी घर्ती निर्वा्चित हुनुभएको छ । नारी नेतृत्वको २०७२ सालको थालनीलाई ०७३ सालले पनि निरन्तरता दिएको छ । नेपालको न्यायपालिकाले महिला नेतृत्व पाएको छ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सुशीला कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ ।

नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति, पहिलो महिला सभामुख तथा पहिलो महिला प्रधानन्यायाधीश हुनु नारी उत्थानका निम्ति महत् पे्ररणाको पक्ष हो । यतिखेर मुलुकका तीनैवटा महत्वपूर्ण पदमा महिला नेतृत्व हुनु नेपालका निम्ति मात्र होइन, दक्षिण एसिया वा एसियाका निम्ति मात्र पनि होइन, विश्व समुदायकै निम्ति गौरवको विषय बनेको छ । निश्चय नै, दुई चार महिला अग्रणी हुँदैमा पुग्दैन, तमाम नेपाली महिलाको उत्थान हुनुपर्छ । सबै जनजाति, मधेसी, दलित, अल्पसङ्ख्यकको उत्थान हुनुपर्छ । समग्रमा भन्नुपर्दा, नयाँ संविधान, नयाँ परिवेश र नयाँ वातावरणले सबै नेपालीलाई उन्नतिको समान अवसर दिनुपर्छ । राष्ट्र र राष्ट्रियता सुदृढ बनाउने सबलतम आधार नै यही हो । यसका निम्ति २०७३ साल सार्थक ठहरिन सकोस, हार्दिक शुभकामना । सावित्री सुवेदी