कुस्मीशेराको धन धान्याञ्चलमा चौथौ दिन सम्म ४१ लाख ५० हजार संकलन

0

आध्यात्मीक चिन्तन शैक्षिक विकाश नमुना क्याम्पस हाम्रो निकास भन्ने मुल नाराका साथ शान्तीदिप बहुमुखी क्याम्पस कुश्मिशेरामा संचालित धनधान्याचल महायज्ञमा विहिबार चौथो दिन सम्ममा ४१ लाख ५० हजार २ सय ९३ रुपैयाँ संकलन भएको छ ।
विहिवार सवै भन्दा बढि दान गर्नेमा कुश्मीशेरा गाविस वडा नं ३ निवासी पशुपति पाध्याले १ लाख २५ हजार १ सय ११ रुपैयाँ दान गर्नुभएको थियो । त्यसैगरी कुश्मीशेरा निवासी हरिकला आचार्यले १ लाख १ हजार १ सय ११ रुपैयाँ कुश्मीशेरा बडा नं ८ वस्ने कलबहादुर थापाले १ लाख देव कुमारी जैसी तथा सम्पुर्ण जैसी परिवारको तर्फबाट १ लाख १ हजार १ सय ११ रुपैया दान गरेका थिए ।
साथै कुश्मीशेरा निवासी सावित्री पौडेलले तुलादान गर्नु भएको थियो । साथै १ सय मुरि धान पनि संकलन भएको त्यहाँवाट सकुन्तला शर्माले जानकारी दिएकी छन ।
सो महायज्ञमा दिनवन्धु पोखरेलले वाचन गरिरहनु भएको छ ।