दृष्टीविहीन संचारकर्मी

0

सन्तोष गौतम

म्याग्दी ५ मंसिर । ू जहाँ इच्छा त्यहाँ उपायू भनेझै म्याग्दीका एक
दृष्टिविहीन युवकले आफ्नो शारीरीक अवस्थालाई चुनौती दिदै संचारकर्मी
पेशाको सुरुवात गरेका छन् ।

ताकम गाविस वडा न। ३ रातामाटाका २२ वर्षिय जलन विकले दक्ष संचारकर्मी
बन्ने अठोटका साथ रेडियो म्याग्दीले आयोजना गरेको १५ दिने रेडियो
पत्रकारीता तालीम लिईरहनुभएको छ । ूसंचारकर्मी बनेर म जस्ता धेरैको पिडा र
आवाज बाहीर ल्याउने उद्देश्यले यो पेशा रोजेको हुँ । ू भतिजको साहारामा
तालिममा सहभागी हुनुभएको जलनले भन्नुभयो ू अवसर पाए यसैपेशाबाट
जिविकोपार्जन गर्ने लक्ष्य लिएको छु ।ू अवसर नपाएपनि संचारकर्मी बनेर फरक
क्षमता भएकाहरुका लागि केही गर्ने सोच भएको जलनले बताउनभुयो ।

पृथ्वीनारायण क्याम्पस पोखरामा आई ए दोस्रो बर्षमा अध्यनरत जलनले
देखाएको उत्साहको कदर गर्दै निशुल्क तालिम प्रदान गरिएको आयोजक म्याग्दी
एफ एमका धनबहादुर छन्त्यालले बताउनुभयो ।