भोटे नाँच, नयाँ पुस्ताको नजरमा नपर्दै हरायो

घण्टाकर्णलाई कालिगण्डकीमा बगाइएपछि हरेकबर्ष म्याग्दीको सदरमुकाम बेनीबजरमा बर्खे नाँच सुरु हुन्छ । नेपाल भाषाः मंकाखलको मुल आयोजनमा हरेकबर्ष गरिने बर्खे नाचमा विभिन्न किसिमका नाँचहरू देखाउने गरिन्छ । बेनीबजारमा मानवबस्तीको विस्तारसंगै लाखेनाच, घोडानाच, जोगीनाच, गोरुनाच, रोपाई नाच, नागानागी, श्रीकृष्ण जन्मउत्सवमा रथयात्रा सहितका कार्यक्रमहरू महिलाहरूको महान पर्व तीजका दिनसम्म सञ्चालन गरिन्छ ।

नेवार समुदायको सक्रियतामा देखाइने नाँचमा अन्य जातजातीका यूवाहरू समेत सहभागि हुन्छन् । जनशक्तीको अभावमा विस्तारै केही नाँचहरू लोभ हुन थालेका छन् । जसको एक उदाहरण भोटे नाच पनि हो । २०५८ र २०६३ सालमा देखाइएको भोटे नाँच देखाइएको थियो । सोनिया कला केन्द्रमा आवद्ध रहेका कलाकारहरूको सहयोगमा सुविन श्रेष्ठ, अंगत श्रेष्ठ लगाएत ५० जना कलाकारहरूको सहभागितामा गरिएको भोटे नाँच त्यसयता देखाइएको छैन । हिमाली क्षेत्रबाट आएक भोटेहरूको जीवन शैलीलाई सडकमा उतार्ने गरिएकाले पनि यो नाचलाई भोटे नाच भनिन्छ ।

‘आमा निको छ, बाबा निको छ, एकमाना पिठो दिए, सबै निको छ’ भन्ने गीत घन्काउँदै बजारमा निस्कने भेटेहरूलाई स्थानीयबासीले आफ्नो दक्ष अनुसार दान दिन्छन् । नाचमा भाग्ने भोटे, नाच्ने भोटे, भोटिनी, उनीहरुका छोराछोरी सहितको सहभागिता हुन्छ । सियो, जम्बु, डोको सहितका हिमाली क्षेत्रमा बासोबास गर्नेहरुले प्रयोग गर्ने सामानहरू समेत भोटेसंग हुन्छ । २०५४ सालमा प्रकाश कुमार श्रेष्ठ, सञ्जय कुमार श्रेष्ठले अभियन गरेका थिए । ‘हरेक जातीको जिवनलाई बर्खे नाचमा समावेश गर्न गरिन्छ । यो नाचमा जनशक्ती र खर्च धेरै हुन्छ’ नेपाल भाषाः मंकाखलका पुर्व अध्यक्ष प्रकाश कुमार श्रेष्ठले भने ।
14001681_1142801739097089_146632679_o
उनका अनुसार पछिल्लो पटक प्रस्तुत गरिएको भोटे नाचमा भोटे सेलो नामक गीत प्रस्तुत गरिएको थियो । यूवापुस्ता पलायन, आर्थिक ब्यवस्थापन, जनशक्तीका कारण भोटे नाच लोभ भएको नेवार समुदायका अगुवाहरूको भनाई छ । ‘ नयाँ पुस्ताले नाम सुनेका छन । तर देख्न पाएका छैनन’ सुविन श्रेष्ठले बेनीअनलाइनलाई भने । उनले यस नाचले हिमाली क्षेत्रका बासिन्दाको सम्झना र सम्मान गर्ने समेत बताए । तत्कालिन अवस्थामा प्राचिन मान्यता र मनोरञ्जनका रुपमा मनाउँदै आइएको बर्खेनाचलाई जिल्लाकै कला र संस्कृतिसंग समेत जोड्ने गरिन्छ । हरिकृष्ण गौतम