पितृको सम्झनामा बेनीमा नागानागिनी नाच

बर्खे नाच अन्तरर्गत बर्षभरी स्वर्गारोहण भएका पितृको सम्झनामा म्याग्दीको सदरमुकाम बेनीमा नागानागिनी नाच प्रस्तुत गरिएको छ । अग्रज कलाकारहरूको समेत सहभागितामा जनैपूर्णिमा र बिहिबार लक्ष्मीनारायण मन्दिरबाट सापारू ‘तायामचा’ का साथै म्याग्दी जिल्लाको पहिचान झल्कने गरी सांस्कृतिक ‘नागानागिनी’ नाच प्रस्तुत गरिएको नेपाल भाषा मंकाखलको यूवा संगठन ल्याम पुचका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
14055199_1149492648427998_4808407738850713066_n
‘बर्षभरी दिवंगत भएकाहरुको घरमै पुगेर चिरशान्तीको कामना गरिन्छ । नागानागिनी बर्खे नाचकै महत्वपुर्ण मानिन्छ’ उनले भने । नेवार समुदायको अगुवाईमा सञ्चालन गर्ने गरिएको भएपनि सदरमुकाम बेनी, मंगलाघाट सहितका क्षेत्रमा अन्य जातीको निधन भएपनि त्यहाँ समेत प्रस्तुत गर्ने गरिएको छ ।
14045962_1149492688427994_8581718074472821270_n
बर्खेनाचका अन्य नाचहरू सञ्चालन नगरेपनि यो नाच अनिर्वाय सञ्चालन गर्नेै चलन रहेको छ । नेवार समुदाय संगै अन्य जातीले समेत बर्खे नागानागिनी नाचमा सघाउने गर्दछन् । बेनीमा बर्खेनाचलाई पुरानो संस्कृतिका रुपमा हेरीन्छ । बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी लगाएतका नाच देखाउने गरिन्छ