खुल्ला तीजगीत प्रतियोगिता तथा दरखाने कार्यक्रम

उज्यालो वैकल्पिक विद्यालय म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा खुल्ला तीजगीत प्रतियोगिता तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा प्रतियोगिता र दरखाने कार्यक्रम गरिएको हो ।
14159682_1050804898370920_7406859_n
प्रतियोगितामा सहभागी कुल १० टिममध्ये सङ्गीता छिनालको समूह प्रथम, दिलकुमारी पूर्जाको समूह द्वितीय र धनकुमारी विकको समूह तृतीय भएका छन् । उनीहरुलाई विद्यालयको तर्फदेखि नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजक विद्यालयका शिक्षक सावित्री खत्रीले बताइन् ।
14138299_1050805005037576_1340044953_n
प्रतियोगितामा सहभागीहरुले शिक्षासँग सम्बन्धित रहेर तीजगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उज्यालो वैकल्पिक विद्यालयका प्राचार्य दीपक श्रेष्ठले विद्यालयलाई अगाडि बढाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बेनी सामुदायिक उच्च माविका शिक्षक चन्द्रकला किसान र उज्यालो वैकल्पिक विद्यालयका सञ्चालक समिति सदस्य भूलमाया तिलिजाले मन्तव्य राखेका थिए ।
14137708_1050805071704236_1403067041_n
कार्यक्रमको अवसरमा सहभागी सबैलाई तीजको दर समेत खुवाइएको थियो । प्राचार्य श्रेष्ठको अध्यक्षता, गायक सज्जन बोहोराको प्रमुख आतिथ्य र शिक्षक खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थी दिलकुमारी पूर्जाले स्वागत गरेकी थिइन् । प्रताप बानियाँ
14171988_1050805078370902_1257749793_n