लायन्स क्लब म्याग्दी दोभानको तीज विशेष कार्यक्रम

हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजसँग सम्बन्धित कार्यक्रमले तिब्रता पाएका छन् । यसैक्रममा बुधबार लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजनामा दिदीबहिनी भेटघाट तथा तीजको दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
IMG_0027
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब अफ म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले तीज पर्व महिलाहरुको महान् पर्व भएकाले सबैले मिलेर परम्पराको संरक्षण गर्दै मनाउनुपर्ने बताइन् । सोही कार्यक्रममा लायन्स क्लबका चिफ पिआरओ एमजेएफ चन्द्रकुमार केसीले लायन्स क्लबहरु सँधै सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताएका थिए ।
IMG_0019(2)
कार्यक्रममा लायन्स क्लब अफ म्याग्दी दोभानका भूपू अध्यक्ष तथा जोन चियरपर्सन अमृता भण्डारी र लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष ठाकुरप्रसाद शर्माले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा महिलाहरुले तीजगीत गाउनुका साथै नाचगान गरेका थिएभने दर समेत खुवाएका थिए ।
IMG_0002(3)
लायन्स क्लब म्याग्दी दोभानका अध्यक्ष लक्ष्मी भण्डारी कार्कीको अध्यक्षता तथा स्वागत, प्रथम उपाध्यक्ष गीता शर्मा रिजालको धन्यवाद र सचिव जानकी विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ बेनी सिटीका अध्यक्ष राजेश शाक्यलगायतको सहभागीता रहेको थियो । प्रताप बानियाँ