म्याग्दी कलाकार संघले भदौ १८ गते काठमाडौमा तीज विशेष कार्यक्रम गर्ने !

नेपाली महिलाहरूको महान् चाड तीजको अवसरमा म्याग्दी कलाकार संघ काठमाडौंले भदौ १८ गते काठमाडौमा तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । तिजको अघिल्लो दिन भदौ १८ गते शनिवारको दिन काठमाडौ गोंगबुस्थित नागार्जुन पार्टी प्यालेसमा तीज विशेष सांगीतिक प्रस्तुति र दर खुवाउने कार्यक्रम आयोजना गर्न लागिएको म्याग्दी कलाकार संघका अध्यक्ष बिल पुर्जा मगरले जानकारी दिए ।

समारोहमा म्याग्दीको मौलिक भाका ‘यानी माया’ ‘शिरफुले माया’ ‘सालैजो’ जस्ता भाका गाउने अग्रज लोक कलाकार धनकुमारी थापालाई सम्मान गरिने भएको छ । तीजको अवसरमा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्दै आइरहेको म्याग्दी कलाकार संघले गतबर्ष ‘बेनीको बजार…’ नामक गीतका सर्जक टीकाबहादुर श्रेष्ठ र गायिका मन छन्त्याललाई सम्मान गरेको थियो ।

साथै, यहि कार्यक्रम मै संघका नयाँ आजिवन सदस्यहरुलाई पनि बिशेष सम्मान गरिने र संघमा आवद्ध हुनु भएका नयाँ सल्लाहकारहरुको नाम समेत घोषणा गरिने कुरा अध्यक्ष पुर्जाले बताउनु भयो | नयाँ सलाहकारहरु: १) वीर बहादुर कार्की, २)जाल माया बुढाथोकी, ३)धन लाल जैसी, ४)बल भद्र ढकाल, ५)कर्ण बहादुर केशी, ६)लिल पुन, ७) थ देवि पुन,८) राजन भुजेल र ९) पदमा पुन हुनुहुन्छ |कार्यक्रममा म्याग्दीबाट काठमाडौमा आइबसेका अग्रज र नवकलाकारको विशेष प्रस्तुति रहने कलाकार संघका सचिव राम गगनले जानकारी दिए ।

14215763_1792534244338094_102864002_oकार्यक्रममा प्रख्यात लोकगायक खड्ग गर्बुजा, सम्भोज मल्ल, कृष्ण परिवार, कुमार पुन, अन्जु रामदाम, झलक पुन, पानु रोका, मिरा रामजाली, प्रकाश्, बिष्णु पुन, बिश्वास पुन र कुमारी चेपाङ लगायतका कलाकारले सांगीतिक प्रस्तुति गर्नेछन् । कार्यक्रमको मुख्य प्रायोजक प्रोटेक नेपाल मेनपावर काठमाडौं, प्रायोजक साकिरा ग्लोबल एजुकेसन प्रालि, कान्तिपुर मेनपावर सर्भिस प्रालि र सहप्रायोजक याक्का ओभरसिज इम्प्लोइमेण्ट कन्सल्ट प्रालि रहेका छन् । साथै, मिडिया पार्टनरमा मगर मिडिया रहेको छ | कार्यक्रममा जिल्लाका सांसद, पूर्व मन्त्री लगायत समाजका विशिष्ठ व्यक्ति र काठमाडौमा बसोबास गर्दै आएका म्याग्दीबासीको सहभागिता रहने छ

कार्यक्रमको आयोजना गर्न म्याग्दीबाट काठमाडौमा आइ बसोबास गरिरहेका व्यक्ति र व्यवसायीहरूले आर्थिक र भौतिक सहयोग गरेका छन् । ‘काठमाडौमा बस्ने म्याग्देलीबीच भेटघाट र कलाकारको सम्मानका लागि तीजको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो’ अध्यक्ष पुर्जाले बताउनु भएको छ ।