सन्तोष गौतम

म्याग्दी ५ मंसिर । आदीबासी जनजातीहरुको विभिन्न लोपोन्मुख
सांस्कृतीको संरक्षण गर्ने उद्देश्यले म्याग्दीको भकिम्लीमा आयोजित एक
हप्ते सांस्कृतीक मेला सकिएको छ ।

गत बिहीबारदेखि सुरु भएको मेला अबधिभर प्रत्येक दिन मगर र छन्त्याल
जातिको परम्परागत तथा लोपोन्मुख सोरठी ख्याली सरस्वती लाखे देउसी लगायतका
नाचहरु प्रदर्शन गरिनुका साथै विबिध खेलकुदका कार्यक्रमहरु समेत भएका थिए ।

तुलसी पुर्णीमाका अवसरमा आयोजित मेला बुधबार सम्पन्न भएको आयोजक हिमचुली स्पोर्टस कल्वका सोम हुमेनले जानकारी दिनुभयो ।

विज्ञापन