सन्तोष गौतम

म्याग्दी ५ मंसिर । म्याग्दी जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग संचालनमा ल्याईएको छ ।

जिल्लाको उत्तरी भेग घार गाविसको फलाते देखि प्रशष्ट पर्यटकीय
संभावना बोकेको शिख गाविसको खोप्रा लेक नारच्याङ हुदै भुरुङ्ग तातोपानी
सम्मको दुई दिने पदमार्ग संचालनमा ल्याईएको हो । स्थानिय पर्यटन व्यावसायी
पाउद्धार मावि शिख मावि र तिन्दु प्राथमिक विद्यालयको सकि्रयतामा पदमार्ग
संचालन गरिएको हो ।

यस क्षेत्रमा पर्ने चौरीपालन बराहकुना ताल बन्यजन्तु वनपैदावार
जडिवुटी पंक्षि लगायतको अवलोकन गर्न पाउनु विभिन्न हिमश्रृङ्खलाहरुको
अवलोकन गर्नु बाहेक पदमार्गका आकर्षण भएको त्ािन्दु प्राविका
प्रध्ाानअध्यापक जगदिश आचार्यले बताउनुभयो ।

हालै मात्र संचालनमा ल्याईएको यो पदमार्गको विभिन्न स्थानमा होतल
पैदल बाटो लगायतका पुर्वाधार खडा गर्न स्थानियबासीहरु सकि्रय बनेको
अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाको शिख स्थीत उपशाखा कार्यालयका रेाजर
श्यामदेव यादवले जानकारी दिनुभयो । यो पदमार्ग संचालन भएपछि दैनिक २ दर्जन
भन्दा बढी विदेशी पर्यटकले भ्रमण गर्नुका साथै पर्यटन प्रवद्र्धन र
स्थानियबासीहरुको आयस्रोतमा समेत टेवा पुर् याएको जनाईएको छ ।