दरवाङको भूमेस्थानमा लागेको आगलागीबाट १५ लाखभन्दा बढी क्षती

0
244

पश्चिम म्याग्दीको दरवाङ–२ भूमेस्थानमा शुक्रबार विहान ३ः३० बजे भएको आगलागीबाट १५ लाख ५० बरारबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय ललितमान पुनको दुईतले कच्ची घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रहरीले संकलन गरेको क्षती विवरण अनुसार घरधनी पुनको फर्निचरहरु, लत्ताकपडा, भाडार्वर्तन, जिन्सी साम्रागी गरी कुल १४ लाख १० हजार, अर्मन–६ घर भई हाल डेरामा बस्ने दिल कुमारी विकको किराना पसलको सामान, नगद, भाडावर्तन, लत्ताकपडा र मोवाइल गरी ७० हजार, त्यसैगरी अर्मन–१ घरभई भाडामा बस्ने फुलमाया विकको किराना पसलको सामान,नगद, मोवाईल र फर्निचर गरी ७५ हजार बराबरको क्षती भएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।

विद्युत सर्टभएको आगलागि भएको आशंका गरिएपनि कारण खुल्न सकेको छैन । आगलागी लगत्तै घरबाट बाहिर गएकाले मानवीय क्षती हुन पाएन् । आगो नियन्त्रणमा स्थानीयबासीका साथै प्रहरीले प्रयास गरेपनि विहान मात्रै नियन्त्रणमा आएको थियो । यसैविच पिडितलाई राहत जुटाउने प्रयास भइरहेको छ ।