कालिगण्डकीमा खसेको जीप खोज्न शसस्त्रको गोताखोर टोली

0

(हरिकृष्ण गौतम)
बेनी–जोमसोम सडकखण्डमा मंगलबार राती बेपत्ता भएको बोलेरो जीपको खोजीकार्यका लागि शुक्रबार शसस्त्र प्रहरीको गोताखोर टोली आएको छ । दुईदिन देखी लगातार खोजीकार्य गरिएपनि ग२प ३६६० नम्बरको बोलेरो जीप र सवारीचालक रमेश खड्काका बारेमा पत्ता नलागेपनि दुर्घटनास्थलमा केही
चाउचाउका पोका र आवाज आएपछि दुर्घटनास्थल आसपासका क्षेत्रमै जीप भएको अनुमान गरिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।
jeep-1
‘गोताखोर टोलीसंग समन्वय गरी खोजीकार्य गरिएको छ । दुर्घटनास्थलमा खोजीकार्य गर्न समस्या भइरहेको छ’उनले भने ।म्याग्दी सदरमुकाम बेनीदेखि उत्तरी घारतर्फ गैरहेको खड्का जीप सहित सम्पर्क विहिन भएपछि खोजीकार्यको क्रममा कालिगण्डकी नदीमा त्रिपाल भेटिएको थियो ।

प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरूको नेतृत्वमा प्रहरी घटनास्थलमा परिचालन गरी खोजीकार्य गरेपनि आवश्यक साम्रागीको अभावले खोजीकार्यमा समस्या भएपछि खोलानदीमा खसेका सवारीसाधन खोजीकार्य गर्ने गरी गोताखोरको टोलीलाई सहयोग मागिएको थियो । प्रहरी र स्थानीयले बेनी–जोमसोम सडकको बेनी–पाखरेबगर खण्डमा खोजी गरेका थिए । गोताखोर टोलीले नदीमा खसेका सवारीसाधन तथा शवलाई सजिलै बाहिर निकाल्न तथा लामो समयसम्म गायव भएका सवारीसाधनलाई समेत खोजी गर्ने गर्दछ ।
jeep-2
खोलानदीमा खसेका धेरैजसो सवारीसाधन गोताखोरकै सक्रियतामा बाहिर निकाल्ने गरिन्छ । सडकखण्ड अन्र्तरगत भगवती–२ बैंसरीस्थित सडक र कालीगण्डकी नदीको बिचमा सडकबाट नदीमा खसेको प्रहरीले पुष्टी गरेपछि सोही आसपासका क्षेत्रमा खोजीकार्य तिब्र बनाइएको थियो ।बेनीको कालीपुल बसपार्कदेखि पोखरेबगरसम्म कालीगण्डकी नदी वारपार व्यापक रुपमा प्रहरी परिचालन गरी बिहिबार देखी खोजी गरिएको थियो ।
तस्विर सौजन्य लोकेश पुन मगर