विगत चार दिनदेखि बेनी–जोमसोम सडकखण्डबाट हराइरहेको बोलेरो जीपका चालकको शनिबार मृत अवस्थामा शव भेटिएको छ । बेनी–गलेश्वर सडकखण्डअन्तर्गत सेतोपहिरो भन्ने ठाउँमा कालीगण्डकी नदीमा ढुङ्गामा च्यापिएको अवस्थामा जीपका चालक रमेश खड्काको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
15134552_1348663285167933_3845645902111716920_n
गएको मङ्गलबार रातीदेखि बेपत्ता ग २ प ३६६० नम्बरको जीपका चालक खड्काको शव भेटिएपछि आफन्त र प्रहरीले पुष्टि गरेका छन् । सडकबाट झण्डै १ सय ५० मिटर तल नदीमा जीपसँगै खसेका चालक खड्काको मुहार र शरिरका विभिन्न भागमा चोटपटक लागेको म्याग्दीका प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरूले बताए ।
jeep-2
नेपाल प्रहरी र शसस्त्र प्रहरीले आइतबार देखी जीपको खोजी गर्ने जनाएको छ । बेनी–जोमसोम सडकको बेनी–पाखरेबगर खण्डमा खोजी गरेका थिए। सडकखण्ड अन्र्तरगत भगवती–२ बैंसरीस्थित सडक र कालीगण्डकी नदीको बिचमा सडकबाट नदीमा खसेको प्रहरीले पुष्टी गरेपछि सोही आसपासका क्षेत्रमा शसस्त्रको गोताखोरको टोलीको प्रयोग गरी खोजिएको थियो । कालीगण्डकी नदी किनारमा बालुवा उठाउँदै गरेका ट्याक्टरका चालक र कामदरले नदीमा शव डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
img_0035
ढुङ्गाको छेउमा शव अड्किएको अवस्थामा मृतकको मोजासँगै खुट्टा मात्रै देखिएको थियो । बैंसरीमा दुर्घटना भएको जीपका चालकलाई नदीले बगाएर ल्याउँदै गर्दा ढुङ्गाको कुनामा अड्किएको प्रहरीले जनाएको छ। दुर्घटना भएको जीपका चालक, त्रिपाल र केही चाउचाउका पोका भेटिए पनि जीप फेला परेको छैन ।
jeep-1
दैवी प्रकोप उद्धारका सामाग्रीसहित डुङ्गा र बाँसको सहायताले बेपत्ता जीपको खोजी गरिएको थियो । गतवर्ष बैंसरीमा गएको पहिरोले कालीगण्डकी नदीमा गहिरो खोंच बनाएको हुँदा जीप डुबेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शनिबार शसस्त्र प्रहरी पर्वतस्थित चन्डीका गणका एसपी सुदर्शन प्रसाद शिल्वालको नेतृत्वमा समेत टोली जिल्लामा आएको थियो ।