(हरिकृष्ण गौतम/स्थलगत रिर्पोट)
म्याग्दीको भकिम्ली–७ हल्लेगौंडका पुर्व भारतीय सेना जीत बहादुर पुनको मृत्यु भएपछि शनिबार आफन्त र छिमेकीहरू कालिगण्डकीमा अन्त्यष्टी गरेर फर्किएका थिए । भकिम्ली तथा छिमेकी जिल्ला बागलुङको लेखानीबाट आएका आफन्तहरूलाई फर्कने बेलामा ग २ च २००६ नम्बरको बोलेरो गाडीको ब्यवस्था गरिएको थियो । दिउँसो आफन्तहरूको पखाईका कारण अन्त्यष्टीमा ढिलाई भएपछि फर्कने बेलामा बालबालिका, मृतकका दुई श्रीमति, गाउँका बृद्धबृद्धा र केही यूवाहरू बोलेरोमा गाउँतर्फ लागेका थिए ।
img_6434
जोखिमपुर्ण सडक, धेरै ठाउँमा मर्मतसम्भारको आवश्यक रहेको बेनी–सुर्केमेला–हल्लेगौंडा हुदै भकिम्लको मुसुङडोले सडकखण्डमा शोकका डुवेका मृतकका आफन्तहरू यात्रा गरिरहेका थिए । भकिम्ली– ७ का जीप चालक लिला बहादुर छन्त्यालले जोखिमपुर्ण सडकमा समेत सहजै मृतक पुनको घरको माथिल्लो घुम्तीसम्म जीप रोकेर यात्रुलाई बाहिर निकाल्दै थिए । जीपको बाहिरी भागमा यात्रा गरेका सबैजसो बाहिर निस्कने क्रममा जीप ब्याक भएर करिव ५० मिटर तल सडकमा पुगेको थियो ।
img_6437
भिरालो सडकमा यात्रुलाई बाहिर निकाल्ने क्रममा चालकले अपनाउनुपर्ने सावधानी तर्फ ध्यान नदिएकै कारण दुर्घटना भएको जिपमा सवार यात्रुहरुको भनाई छ । ‘जीप रोक्ने क्रममा पछिल्ला पाङ्गामा ढुंगा राख्नुपर्नेमा चालकले त्यसतर्फ ध्यान दिएनन् ।केहीयात्रु बाहिर निस्किएपछि जीप सडकबाट खस्यो’ एक याात्रुले बेनीअनलाइनलाई भने । जीपको सामान ढुवानी गर्नेमा बसेका यात्रुका अनुसार विस्तारै चल्न थालेपछि सबै अत्तालिएका थिए । ‘जोखिमपुर्ण सडकममा चालकले अपनाउनुपर्ने सावधानी ख्याल गरेको देखिएन्। दुर्घटनाको कारण छानविन हुनुपर्छ’ डेक बहादुर पुनले भने ।
2006
माथिल्लो सडकबाट तल्लो सडकको छेउमा पुगेकाले ठुलो मानवीय क्षतीबाट जोगिएको छ । जीप दुर्घटनास्थल नजिक घर रहेको छ । घटनास्थलमै मृत्यु भएका भकिम्ली–८ का६० वर्षीय गंगामणि छन्त्यालका आफन्तले चालकको लापरवाही भन्दै घटनाको छानवीन गरी कारवाही गर्नुपर्ने माग गरेका छन् । ‘म पनि चालक हुँ । यात्रु्लाई गन्तब्यमा पु¥याएपछि चालकको जिम्मेबारी के हो भन्ने थाहा नभएकाले दुर्घटनामा भयो’ आक्रोशित मृतक छन्त्यालका आफन्त रहेका यूवाले भने । दुर्घटनास्थल समेत भिरालो छ । बेनी देखी भकिम्ली जाने छोटो रुट भएपनि भकिम्लीको सडकलाई स्थानीयले समेत पिपलको पातमा ज्यान राखेजस्तै जोखिम सडक भएको बताउँछन् ।
img_6424
जीप दुर्घटनामा शनिबार अन्त्येष्टी गरिएका पुनकी नातिनी लेखानी–६ बागलुङकी ६ वर्षीया युरीना रोकाको उपचारको क्रममा मृत्यु भएको छ । पिताको मृत्यु भएको खवर सुन्ने वित्तिकै श्रीमानसंगै बेनी आएकी लेखानी–६ बागलुङकी २३ वर्षीया राजकुमारी रोका, उनकी ५ महिनाकी छोरी दिया रोका, वर्ष २८ की मिना रोका, उनको १४ महिनाको छोरा युसन रोका घाइते भएका छन् । पदैलयात्रा गरेर घरसम्म पुग्दा रात पर्ने भएकाले पनि जीपको ब्यवस्था गरिएको थियो ।
img_6427
दुर्घटनामा भकिम्ली–३ का ४३ वर्षीया पूर्णकली पुन, ६ नम्बर वडाका ३० वर्षीया कोपिला छन्त्याल र ७ का ५० वर्षीया जुनकिरी पुन घाईते भएकी छन् । घाईते अवस्थामा रहेकी कोपिला र जुनकिरी शनिबार अन्त्यष्टी गरिएका पुनका दुई श्रीमति हुन् । घाइते अधिकांशको टाउको, अनुहार र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
img_6416