म्याग्दीको भकिम्ली–७ हल्लेगौंडमा ग २ च २००६ नम्बरको बोलेरो जीप दुर्घटना लगत्तै चालक भकिम्ली– ७ का जीप लिला बहादुर छन्त्याल सम्पर्कविहिन भए । अन्त्यष्टी गरेर फर्किएका कृयापुत्री र आफन्तहरूलाई लिएर पुनको घर नजिक पुगेका छन्त्याल जीप दुर्घटना भएलगत्तै यात्रुहरुलाई समेत चक्मा दिदैं सम्पर्क विहिन भए ।
छन्त्याल मात्रै होईन म्याग्दी तथा देशभर भएका दुर्घटना लगत्तै चालकहरु असुरक्षा र कानुनी प्रक्रिया छल्न फरार हुने गरेका छन् ।दुर्घटनास्थलमै बस्दा मृतक, घाईते र स्थानीयको आक्रमणको निशाना हुनुका साथै कानुनी कारवाहीमा पर्ने भएकाले चालकहरु दुर्घटनालगत्तै घाईतेको उद्धार भन्दा पनि आफ्नो ज्या जोगाउने तर्फ ध्यान केन्द्रित गर्ने गरेका छन्। ‘हेर्दाहेर्द चालक गायव भए । हामीले चालक खोज्नुभन्दा पनि घाईतेलाई उद्धारतर्फ ध्यान केन्द्रित गरियो’ जीपमा सवार एक यात्रुले बेनीअनलाइनलाई भने ।
आफन्तहरू सवार रहेको अवस्थामा समेत चालक सम्र्पकविहिन हुनुलाई कानुनी प्रक्रिया छेल्नु र आक्रमणको निशानाबाट उम्किनु भएको यातायातका क्षेत्रमा संलग्नहरुको भनाई छ । दुर्घटनास्थलबाट चालक गायव हुनुलाई चालकको लापरवाहीमा दुर्घटना भएका आधारहरुलाई समेत पहिचान गर्न सजिलो हुने भएपनि दुर्घटना लगत्तै चालम माथी नै दुब्र्यवहार हुने भएकाले पनि सबैजसो चालक आफ्नो ज्यान जोगाउन तर्फ लाग्ने यातायातका चालकहरुको भनाई छ।
दुर्घटनाको संकेत देखेपछि हत्तपत्त चालक सुरक्षित हुन खोज्नु नै मानवीय क्षतीको प्रमुख कारण मान्ने गरिन्छ । चालकले दुर्घटनाको क्रममा समेत सावधानी अपनाउने धेरै माध्यमहरुलाई वेवास्था गर्दै आफ्नो ज्यान जोगाएका धेरै घटनाहरु नेपाली समाजमा छन् । म्याग्दी जिल्लामा भएका भयानक दुर्घटनामा समेत चालकको कमजोरी देखिन्छ । यस्ता प्रवृत्तिका चालकहरुलाई यातायातका क्षेत्रमा प्रतिबन्ध लगाउने कानुनका साथै कडा कारवाहीको आवश्यकता प्रति सरकारले चासो देखाएपनि यातायातकै क्षेत्रबाट सर्वत्र विरोध हुनुले पनि दुर्घटनाका दोषी उम्कने अवसर बनेको छ ।
सडक वा सवारीसाधनको मेसिनरीमा खरावीका कारण दुर्घटना भएपनि यात्रु र आफन्तले चालककै प्रमुख कमजोरी औलाउने भएकाले पनि चालकहरु बाध्य भएर भाग्नुपर्ने बताउँदै ज्यानको सुरक्षा रदुर्घटनाको बास्तविकता बारेमा जानकारी गराउने वातावरणको ग्यारेन्टी भए भाग्नुनपर्ने यातायात ब्यवसायीको भनाई छ । बस्तीभन्दा टाढा दुर्घटना भएपनि चालकहरुले आफ्नो सहकर्मी वा यातायातका क्षेत्रमा काम गर्ने संघसंस्थालाई जानकारी गराएर सम्पर्कविहिन हुने गरेका छन् ।