(हरिकृष्ण गौतम)
उत्तरी म्याग्दीको नारच्याङमा निर्माणाधिन ४ मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना एकबर्ष भित्र सक्ने गरी तिब्रगतिमा अगाडी बढेको छ । दैनिक दुई चरणमा निर्माण भइरहेको आयोजनाको ड्यामदेखी टनेलसम्मको इन्टेक तर्फ ३ सय ५६ र आउटलेट तर्फको ६ सय ४० मिटरभन्दा बढी सुरूङ खन्ने काम सकिएको घलेम्दी हाईडो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनिधी रिजालले बताए ।
‘लक्ष्य अनुसारको काम अगाडी बढेको छ । आयोजनस्थलमै सञ्चालकहरु रहेकाले पनि कुनै समस्या आए तत्कालै समाधान गरिन्छ’ उनले भने । उनका अनुसार इन्टेक, पावर हाउसको निर्माणकार्य समेत अन्तिम चरणमा पुगेका छ । आयोजनाको बाँधस्थल तथा निर्माणकार्यको अनुगमन गर्ने शुक्रबार म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यको नेतृत्वमा जिल्लामा क्रियासिल पत्रकार सहितको १८ जनाको टोली समेत आयोजनास्थलमै पुगेको थियो । नेपाली सेनाका लागि आवश्यक पर्ने आवासगृह समेत निर्माण भइसकेकाले दैनिक दुईचरणमा भइरहेको छ ।
नारच्याङको तल्लो गाउँमा रहेको नेपाली सेनाको क्याम्पसबाट दैनिक आयोजनास्थलमा पुग्न समय लाग्ने भएकाले पनि आयोजना गृहको आवासमै बसेर सुरुङमार्गमा विष्फोटनका साथै भण्डारन गरिएकाले पनि कामलाई तिब्रता दिन सहज भएको आयोजना पक्षको भनाई छ ।
आयोजनाको भाईभर्सन वायर, डिजाईनिङ, पेनस्टक एलाइन्समेन्ट लगाएतका महत्वपुर्ण कामले तिब्रता पाएकाले पनि निर्धारित समयमै आयोजना सम्पन्न हुने अध्यक्ष किशोर सुबेदीले बताए । ‘हरेक काम योजना अनुसार अगाडी बढेको छ । समस्यालाई तत्कालै समाधान गर्ने संयन्त्र समेत बनाएका छौ’ सुबेदीले बेनीअनलाइनलाई भने ।
करिब ७० करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाको एक हजार पाँच सय ५० मिटर सुरुङ र १५० मिटर हेड रहनेछ । विद्युत निर्माणका लागि आयोजनाले २५ करोड संस्थापक सेयर, ४५ करोड बैंकबाट ऋण लिएको छ । विद्युत निर्माणका लागि आयोजनाले ३० करोड संस्थापक सेयर, ४५ करोड लाख बैंकबाट ऋण लिएको छ ।आयोजनालाई भिबोर सोसाईटी डेभलपमेन्ट २० करोड, टुरिजम डेभलपमेन्ट १० करोड, सिद्धार्थ डेभलपमेन्ट १० करोड, सिद्धार्थ डेभलपमेन्टकै अवकाश कोषबाट ५ करोड ऋण प्रवाह गरिएको छ ।
नारच्याङमै निर्माणधिन अवस्थामा रहेको रोर्वट इर्नजी प्रालिको ४२ मेगावाट मिस्त्रीखोलाको ६.५० किलोमिटर सडकमा लगानी तथा पावरहाउस सम्म करिव १ किलोमिटर सडक विस्तार गरिएकाले पनि हेवी इक्यूमेन्ट आयोजनास्थल आसपास पु¥याउन सजिलो भएको छ । घलेम्दीखोलाको दोभानबाट १५ सय मिटर सुरुङ मार्गबाट पानी ल्याएर निलगिरि खोलाको किनारमा निर्माण हुने पावर हाउसमा जोडिने छ । आयोजनाबाट प्राधिकरणले बार्षिक साढे १३ करोड रुपैयाँ बरावरको विद्युत खरिद बिक्रि गर्ने जसमा बर्खायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद विक्रि गर्ने सम्झौतामा उल्लेख गरिएको छ । तस्विर राजेश शाक्य ÷लोकेश पुन मगर