प्रताप बानियाँ
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः बालकृष्ण सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

सहकारीको उपाध्यक्षमा झलप्रसाद गौचन, सचिवमा गणेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा हिराप्रसाद श्रेष्ठ र सहसचिवमा नरेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा लेखबहादुर हमाल, मोहन बानियाँ, देवीदत्त पौडेल, रामप्रसाद सुवेदी, काशिराम रेग्मी, दलबहादुर भण्डारी र दलबहादुर श्रेष्ठ रहेका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा रामबहादुर पौडेल, सदस्यमा पदमबहादुर भण्डारी र नारायणप्रसाद सुवेदी चयन भएको निर्वाचन मण्डलका संयोजक ठहरबहादुर भण्डारीले जानकारी दिए । सहकारीले गत वर्षमा ६ लाख ७७ हजार ६७ रुपैयाँ मुनाफा गरेको जनाएको छ ।

साधारणसभाले संस्थाका अध्यक्ष बालकृष्ण सुवेदीले पेश गरेको आर्थिक वर्ष २०७३÷७४ को प्रस्तावित कार्ययोजना, सचिव गणेश श्रेष्ठको प्रगति, हिरा श्रेष्ठको आर्थिक र लेखा समिति सदस्य काशिराम रेग्मीले पेश गरेको लेखा अनुगमन प्रतिवेदन पारित गरेको छ । सहकारीका बयोवृद्ध शेयर सदस्य तुलबहादुर छन्त्यालको प्रमुख आतिथ्य रहेको कार्यक्रमको अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष झलप्रसाद गौचनको स्वागत र सचिव गणेश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।