म्याग्दीको बेनी नगरपालिका वडा नं ३ का एक व्यक्तिले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा आफ्नो वडामा पार्टी कार्यालय स्थापनाका लागि २ लाख २५ हजार मूल्य वरावरको ९ आना जग्गाा निशुल्क प्रदान गरेका छन् ।

नेपाली कांग्रेस बेनी नगरपालिका ३ का सभापति क्षेत्रबहादुर थापाले आफ्ना स्वर्गिय बुबा लालबहादुर थापाको स्मृतिमा नेपाली कांग्रेस म्याग्दी, वेनी नगरपालिका ३ को वडा कार्यालय(एल.वि.स्मृतिभवन) निर्माणका लागि सो जग्गा निशुल्क प्रदान गर्नृभएको हो । थापाले जिल्ला मालपोत कार्यालय म्याग्दीमार्र्फत पार्टीलाई बेनी नपा ३ जुगेपानीमा रहेको सो जग्गा रजिष्ट्रेशन गरिदिनुभएको नेपाली कांग्रेस बेनी नगरपालिका ३ सदस्य रत्नवम मल्लले जानकारी दिनुभयो । धु्रबसागर शर्मा