म्याग्दीको गलेश्वर मन्दिरमा बालाचतुर्दशी पर्वको अवसरमा दर्शन गर्न गएकी एक भक्तजनको सुनको बाला लुटिएको छ । बेनी नगरपालिका–७ न्यूरोडकी खड्क कुमारी श्रेष्ठको मन्दिरमा पुजा गरिरहेको अवस्थामा हातमा लगाएको बाला चोरी भएको प्रहरीले जनाएको छ । विहान परिवारसंगै मन्दिरमा पुजा गर्न गएकी ५० बर्षिया श्रेष्ठको एउटा हातबाट बाला हराएपछि मन्दिरमा रहेका प्रहरीले हुलियाको आधारमा खोजीकार्य गरेपनि फेला नपरेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।
img_0100
‘हातबाट हराएको जानकारी पाएपछि खोजीकार्य गरेका थियौ । मन्दिरमा पुजाआजा गर्दा बहुमुल्य गहना नलैजान पुनः अनुरोध गर्दछु’ प्रनाउ खड्काले बेनीअनलाइनलाई भने । उनका अनुसार मन्दिरमा पुजाआजा गर्ने क्रममा केही अपराधिक मानसिकता भएका ब्यक्तिहरु समेत सक्रिय हुने भएकाले पनि पटकपटक सुचना समेत जारी गरिएको बताए । एउटा हातको बाला हराएपछि श्रेष्ठले दिएको हुलियाका आधारमा प्रहरीले करिव ५ हजारभन्दा धेर्रै भक्तजनहरुलाई मन्दिर तथा बेनी र गाउँतर्फ जाने स्थानमा निगरानी गरेको थियो । भिडभाड हुने स्थानमा गरगहना नलगाउन समेत प्रहरीले अनुरोध गरेको छ ।
img_6524
विगतमा समेत गलेश्वरमा सुन हराएका थिए । पछिल्लो समय बहुमुल्य सुन तथा नगद फेला पारेर मानवीय सभ्यताको परिचय दिने म्याग्देलीहरू समेत देखिएको अवस्थामा सुनको बाला भेटाउनेलाई समेत सोही अभ्यास गर्न समेत प्रहरीले अनुरोध गरेको छ । यसैविच प्रहरीले सुनचाँदी ब्यवसायीलाई विना बिल सुनको खरिद विक्री नगर्न समेत अनुरोध गरेको छ । त्यस्तै जिल्ला बाहिर रहेका सुनचाँदी ब्यवसायीलाई समेत प्रहरीमार्फत जानकारी गराइएको छ । बिना बिलका सुनचाँदीको कारोबार गर्नेलाई समेत जरिमान र जेल सजाय हुन्छ ।

विज्ञापन