खै, जलेश्वर मन्दिर ?

0

बालाचतुर्दशी पर्वको अवसरमा म्याग्दीको गलेश्वर मन्दिरमा दर्शन गर्न आएका भक्तजनले बेनी–गलेश्वर सडकखण्डमा रहेका जलेश्वर मन्दिरलाई पुरानै स्वरुपमा बनाउन माग गरेका छन् । सडक कालोपत्रेको क्रममा पुरिएको एतिहाँसिक तथा सयौंबर्ष पुरानो जलेश्वर एकबर्ष वितिसक्दा समेत सम्बन्धित निकायले बेवास्था गरेको भन्दै चिन्ता जनाएका छन् । ‘विकासका नाममा विनास गर्न पाइदैन् ।जलेश्वरको दर्शन र कालिगण्डकीको स्नान गरेर गलेश्वरमा पुजाआजा गरिन्छ’ जलेश्वरमा भेटिएका एक भक्तजनले बेनीअनलाइनलाई भने ।
20161128_090022
पर्वतबाट यातायातका साधानमा आएका भक्तजनहरुले बसबाट ओर्लिएर सडक निर्माणमा खटिएका मजुदरलाई जलेश्वरका बारेमा जिज्ञासा राखेका थिए । मन्दिरको प्रवेशद्धार तथा हिन्दुधर्मालम्बीहरूको आस्थाको केन्द्र मानिने जलेश्वरको संरक्षणमा स्थानीयले पटकपटक अनुरोध गरेपनि सम्बन्धित निकायले अटेर गरेपछि समान्य अवस्थामा पुजा गर्ने ब्यवस्था मिलाइएको छ ।

बेनी–गलेश्वर सडकखण्ड अन्र्तरगत विभिन्न स्थानमा गाईको धारा देखिएपछि हिन्दु धर्मालम्बीहरूले सडकखण्ड अन्र्तरगत विभिन्न स्थानमा भक्तजनले संरक्षण समेत गरेका थिए । जलेश्वर आसपासका क्षेत्रमा सडक विस्तार अगाडी दर्शन गदैं गलेश्वर मन्दिर सम्म जाने गरिन्थ्यो । अहिले पनि जलेश्वर देखी रातोपहिरा आसपासका क्षेत्रमा हिन्दुधर्ममा आस्था राख्नेले पुजा गर्ने गर्दछन् । ३ किलोमिटर बेनी–गलेश्वर कालोपत्रेमा समेत ढिलासुस्ती भएपछि जलेश्वरको पुनर्निमाण समेत ओझेलमा परेको छ ।
jaleshwor-2
यता गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले जलेश्वरको पुननिर्माणका लागि पहल भइरहेको बताए । ‘धार्मिक महत्वलाई विकास निर्माणले मेट्न सक्दैन । हामीले सम्बन्धित निकायलाई अझै ब्यवस्थित बनाउन अनुरोध गरेका छौ’ उनले भने । बेनी गलेश्वर कालोपत्रेले सविधा थपेपनि सयौंबर्ष पुराना आस्थाका केन्द्रहरुलाई मेटन् नपाईने बताए ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित गलेश्वर मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान र ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रुपि चिन्ह मानव निर्मित नभै स्वयम उत्पन्न नित्य सनातन हरिहर स्वरुप भएकाले पनि स्वदेश तथा विदेशबाट बार्षिक हजारौं भक्तजनहरु आउने गर्दछन् ।