म्याग्दीमा निजी प्रयोजनका लागि प्रयोग हुने बोलेरो जिपले यात्रु बोक्दा दुर्घटना बढ्न थालेपछि प्रहरीले कडाई गरेको छ । गैरकानुनी रुपमा क्षमताभन्दा धेरै यात्रु बोक्दा जिल्लाका ग्रामिण क्षेत्रमा सडक दुर्घटना बढेसंगै प्रहरीले सुरू गरेको कारवाहीको पहिलो दिन सोमबार १० वटा कारवाहीमा परेका छन् । ‘रातो प्लेटका सवारीसाधनले यात्रु बोक्न पाउँदैन । सडक दुर्घटना न्यूनिकरणका लागि अभियान सुरू गरिएको छ’ प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले भने।
गर्ने तथा निजी प्रयोजनका सवारीसाधनले समेत मनपरी यात्रु बोक्न थालेपछि एकबर्षभित्र बोलेरो जीप दुर्घटनामा ज्यान गुमाएपछि नागरिककको सुरक्षाका लागि अभियान सञ्चालन गरिएको बताए । पहिलोपटक सचेत र कारवाही गरिएका सवारीसाधनले पुनः यात्रु बोकेको फेला परे कडा कारवाही गरिने उनले बताए ।
शनिबार म्याग्दीको भकिम्ली–७ हल्लेगौंडमा शनिबार दिउँसो ग २ च २००६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ६ जना घाईते भएका थिए । जिल्लाको ग्रामिण क्षेत्रमा यात्रु बोक्नकै लागि धमाधम बोलेरो जिप प्रयोगमा छन् । त्यस्तै प्रहरीले भाडाका सवारीसाधनले समेत मनपरी यात्रु बोकेमा कारवाही गर्ने जनाएको छ । प्रहरी र ट्राफिकको सहकार्यमा सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्मका सवारीसाधनलाई निगरानी बढाइएको छ ।
घर स्थानिय समाचार म्याग्दी समाचार दुर्घटना बढेपछि बोलेरो जिपलाई यात्रु बोक्न कडाई, एकैदिन १० वटा प्रहरी नियन्त्रणमा