फेसबुकबाट बेनीमा अलपत्र एक यूवाको उद्धार

0

म्याग्दीको सदरमुकाम बेनीबाट एक यूवाको उद्धार गरिएको छ । केही महिना अगाडी देखी बेनीबजारमा देखिएका यूवाका बारेमा मंगलाघाटका दिनेश केसीले सामाजिक सञ्जालमा यूवाका बारेमा लेखेको केहीदिन पछि उनका आफन्तले उद्धार गरेका छन् । मानसिक सन्तुलन गुमाएजस्तो देखिने भएपनि यूवाले आफ्नो काम गर्ने, अनावश्यक हल्ला नगर्ने तथा बाटोमा समेत कुनैपनि अवरोध नगरी आफ्नै गन्तब्यमा हिड्ने गरेका थिए ।
15267601_1184738714940637_8420078614896306732_n
जमिनतर्फ हेरेर हिड्ने गरेका यूवाको आनीबानी देख्दा समयमै उद्धार गरे निको हुनेसक्ने देखेर समाजिक सञ्जालमा तस्विर सहित अुनरोध गरेको यूवा केसीले बताए । ‘एउटा सानो प्रयासले उनलाई आफन्तको सम्पर्कमा पु¥याउन सफल भएको छु । सामाजिक सञ्जाललाई सदुपयोग गर्दा धेरै उपलब्धी हुन्छ भन्ने सन्देश पनि हो’ केसीले बेनीअनलाइनलाई भने । यूवालाई उनका मामा एवम् तरुण दल मुस्ताङका अध्यक्ष कर्म ख्यासुङ गुरुङले मोटसाईकलमा घरतर्फ लगेको छन् ।
15193543_1184738654940643_6001484944499969370_n
सधै बौद्धधर्म सम्बन्धि भेषभुषामा देखिने यूवालाई बेनीबजारमा दुब्र्यवहार गर्न खोज्नेलाई समेत सर्वसाधारणले अवरोध गर्ने गरेका थिए । बेनीबजारको सडकमा दिन विताउँदै आइरहेका २७ बर्षिय यूवाको उद्धार गरिएपछि सामाजिक सञ्जालमा समेत उद्धारमा संलग्न केसीलाई आभार प्रकट गरिरहेका छन् ।

कसैले दुब्र्यवहार गर्न खोज्दा शिष्ट भाषामा प्रतिक्रिया दिने गरेका यूवालाई समयमै उपचार गरे निको हुने सम्भावना रहेकाले उनका आफन्तलाई उपचारमा ध्यान दिन समेत अनुरोध गरिएको छ । यसैविच अलपत्र यूवाका बारेमा जानकारी गराउने केसीलाई आफन्तले टेलिफोन गरेर समेत धन्यवाद दिएका छन् ।