बेनीबजारको सुरक्षालाई सघाउन सिसी क्यामेरा

0

म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखी सिसी क्यामेराको जडान सुरू गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको सक्रियतामा बैंक तथा वित्तिय संस्था, उद्योगब्यापार, सुनचाँदी पसल लगाएतको सुरक्षका लागि बजार क्षेत्रका १२ स्थानमा क्यामेरा अन्र्तरगत महत्वपुर्ण क्षेत्रमा क्यामेरा जडान सुरू गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन कुमार विश्वकर्माले बताए ।
‘लामो प्रयासपछि आज क्यामेराको परिक्षण गरिएको छ । बजार क्षेत्रको सुरक्षामा निकै महत्वपुर्ण भूमिका खेल्नेछ’ अध्यक्ष विश्वकर्माले भने । बेनीबजारका विभिन्न चोक, मंगलाघाट, कालिपुल बस पार्क लगाएत धेरै चहलपहल हुने स्थानहरुमा करिव १५ लाखको लागतमा क्यामेरा जडान गरिने सिसी क्यामेरा उपभोक्ता समितिले जनाएको छ ।
15241766_1284777918234681_5927322076086759006_n
बेनीबजारमा विगत तीनबर्ष अगाडी देखी म्याग्दी उद्योग वाणिज्य संघले क्यामेरा जडानको पहल गरेको थियो । पहिलो चरणमा बसर्पाक, न्यूरोड, क्याम्पसचोक, विरेन्द्रचोक तथा अतिब्यस्त हुने स्थानमा जडान गरिने छ । १२ वटाबाट आवश्यकता अनुसार थप गर्न सकिने संघका महासचिव राजेश शाक्यले बताए । ‘आर्थिक ब्यवस्थापन तथा भुकम्प र नाकाबन्दी लगाएतका कारणले रोकिएको थियो । बजारको सुरक्षाका लागि सहयोग बन्ने अपेक्षा गरेकाछौ’ शाक्यले भने ।

बेनीबजारको विरेन्द्रचोक, न्युरोड, कालिपुल, बालमन्दिर चोक, गणेशटोल, पुस्तकालय चोक लगाएतका क्षेत्रमा तार विस्तार भइसकेको छ । सिसी क्यामेरा जडानले अपराधिक घटनालाई न्यूनिकरण गर्न समेत भूमिका खेल्ने अपेक्षा गरिएको छ । सिसी क्यामेरा जडान संघको महत्वपुर्ण योजना भित्र पर्छ । सिसी क्यामेरा जडानका लागि जिल्ला प्रहरी कार्यालयले समेत चासो देखाउदै आइरहेको थियो । विगतमा पनि सिसी क्यामेराका विषयमा धेरै छलफल भएपनि अलपत्र अवस्थामा रहेको थियो ।
15220054_1284777551568051_4243843658651562807_n
सिसी क्यामेराको एलईडी र डिभिआर प्रहरी कार्यालयमा राखिने छ । पछिल्लो समय सदरमुकाम बेनीमा चोरीका घटना बढ्न थालेपछि सिसी क्यामेराको बहस तातिएको थियो । पहिलो चरणमा जडान गरिएका सिसी क्यामेराको फुटेज समेत प्रष्ट देखिएकाले पनि अपराधिक घटनालाई न्यूनिकरण तथा प्रहरीलाई समेत अनुसन्धानमा सहज हुने देखिएको छ ।
15171316_1284777874901352_8868458628671512096_n
धेरैजसो सहरमा निजी क्षेत्रकै पहलमा सिसी क्यामेरा जडान भइरहेको छ । प्राविधिक तथा आर्थिक ब्यवस्थापनलाई ब्यवस्थित गराउन नसकिए अभियान प्रभावहिन हुने भएकाले पनि उपभोक्ता समितिको नेतृत्व समेत संघले गरेको छ । संघको अध्यक्षमा निर्वाचित भएपछि विश्वकर्माले अभियानलाई आर्थिक जुटाउन भूमिका खेलेपनि भूकम्प र नाकाबन्दी तथा अनुमान गरेभन्दा धेरै लागत भएकाले पनि समस्या भएको थियो । सिसी क्यामेरा जडान भएपछि बेनीबजारबासी उत्साहित भएका छन् ।