धाउ भएका तामाखानी समेत सञ्चालनमा आएनन्

0

(हरिकृष्ण गौतम)
जिल्लाको ओखरबोट–८ भीरखानीमा अझैपनि तामा भेटिन्छन् । ओखरबोट गाउँबाट २० मिनेटको दुरीमा रहेका दुईवटा खानीको करिव दुई किलोमिटरको सुरूङ खनेर २०३६ सालसम्म नियमित सञ्चालन गरिएपनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावमा कारण बन्द भएको स्थानीय जगदिश रसाईलीले बताए । ‘बन्द भएपनि ब्यक्तिगत रुपमा तामाखानीबाट धाउ धेरैपछाडी सम्म निकाल्ने गरिन्थ्यो ।अझैपनि हामीले खानीभित्र र बाहिर तामा उत्खनन्का क्रममा छोडिएका तामाहरू देख्न सकिन्छ’ रसाईलीले भने ।

उनका अनुसार करिव पाँचमिनेटको दुरीमा रहेका दुईवटा तामाखानीको करिव २५ मिटर भित्रसम्म सहजै पुग्न सकिन्छ ।खानी उत्खनन्का क्रममा प्रयोग गरिएका साम्रागी,पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुङ्गाहरू समेत खानीभित्र रहेका छन् । स्थानीय बृद्धबृद्धाका अनु्सार उन्नाइसौं शताब्दीमा पत्ता लागेको तामाखानी जिल्लाका अन्य गाविसमा रहेका बन्द भएको धेरैपछाडीसम्म सञ्चालनमा गरिएको थियो । ‘दुईचारबर्ष अगाडी बन्द गरेजस्तै देखिन्छ ।यो खानीबाट अझैपनि तामा निकाल्न सकिन्छ’ स्थानीय दिलिप शेरचनले भने ।

तत्कालिन समयमा तामाखानीको ठेक्का समेत लिएर सञ्चालन गरेका शेरचनले पुनः सञ्चालनका लागि सरकारी निकायमा अनुमति माग्दा समेत बेवास्ता भएपछि अलपत्र अवस्थामा रहेको बताए । खानी चल्दा धौलागिरि अञ्चलका चारवटै जिल्लाका साथै देशका धेरै ठाउँमा कच्चा पदार्थको पूर्ति हुनुका साथै पुँजी पलायन समेत रोकिएको शेरचनको भनाई छ । तत्कालिन सरकारले अनुदान,प्रोत्साहनभन्दा पनि चर्को करका साथै आधा हिस्सा समेत स्थानीय सरकारी कर्मचारीले माग्ने गरेकाले खानी सञ्चालनमा समस्या भएको स्थानीयको भनाई छ ।
img_5983
असुल्न थालेपछि बन्द भएका खानीको गाविसस्तरमा हुने कार्यक्रममा पुग्ने जनप्रतिनिधिका साथै सरकारावाला निकायहरूले समेत अवलोकन गरी सञ्चालनमा सहयोगको प्रतिबद्धता समेत जनाउने गरेको स्थानीय यूवा नविन पु्नले बताए ।‘धेरैपटक सुरूङभित्र प्रवेश गरेका छौं । अहिले भित्र पानी परिएकाले र्छिन सकिँदैन,’पुनले भने । उनल ेतामाखानीका सु्रूङलाई गुफा रेस्टुरेन्टका साथै अवलोकन केन्द्र बनाउन समेत माग गरेका छन् ।

‘खानीभित्र प्रवेश गरेपछि त्यहाँ धेरै सम्भावनाहरू देखिन्छन् ।खानीमा प्रयोग गरिएका सयौंबर्ष पुराना कलात्मक ढुङ्गाहरू समेत चोरी हुन थालेका छन’ उनले भने ।परम्परागत रुपमा उत्खनन भएका खानीहरू नयाँ प्रविधिको प्रयोग गरेमा स्थानीय यूवाहरूले रोजगार पाउन सक्ने भएपनि सरकारको वेवास्ताका कारण रोजगारीका लागि पलायन हुनपर्ने अवस्था आएको पुनको भनाई छ । तामाखानी आसपासका क्षेत्रमा सुनखानी समेत हुनसक्ने भन्दै एकबर्षसम्म नर्वेबाट आएका टोलीले गाउँका विभिन्न स्थानमा उत्खनन् गर्ने क्रममा ओखरबोट मावि आसपासका जंगलमा सिसाको खानी समेत फेला परेको थियो ।
img_5993
ओखरबोटको तामा नर्वेसम्म पुगेपनि सरकारी प्रक्रिया पुरा गर्न नसक्दा विमानस्थलमै अलपत्र परेपछि निर्यात समेत रोकिएको स्थानीयको भनाई छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दी जिल्लाका करिव एकदर्जन गाविसमा तामा खानी रहेका छन् । सयौंबर्ष अगाडी खानी उत्खनन् गर्ने क्रममा छन्त्याल जातीले ताकमको मच्छिम, गुर्जा गाविस, मल्कवाङ, कुईनेमंगले लगाएतका गाविसमा मानवबस्ती समेत विस्तार गरेका थिए ।

जिल्लाका माथिल्लो क्षेत्रमा तामा, चुनढुंगा, क्र्वाज, कप्रक,स्लेटढुंगा, मार्वल र इन्धनका खनिज पर्दाथमा तातोपानीका मुहानहरू समेत रहेका छन् । म्ुस्ताङबाट बग्ने कालिगण्डकी र राहुघाट क्षेत्रको राहुघाट नदीको बालुवामा सुनको टुक्रा भेटिने भएकाले सुनखानीको सम्भावना समेत रहेको भूर्गभ विदहरूको भनाई छ । केहीबर्ष अगाडी चिनियाँ कम्पनीले म्याग्दी क्षेत्रका सुुनखानी अन्वेषण गरेको थियो ।
म्याग्दीको ओखरबोट गाविसमा अवस्थित तामाखानीबाट निकालिएको धाउ । तस्विर हरिकृष्ण गौतम