शिक्षा समितिले पूर्णता नपाउँदा म्याग्दीका शैक्षिक एजेण्डा अलपत्र

0
245

(हरिकृष्ण गौतम)
जिल्ला शिक्षा समिति म्याग्दीले पुर्णता नपाउँदा शैक्षिक क्षेत्रमा महत्वपुर्ण एजेण्डाहरू ओझेलमा परेका छन् । पेशागत शिक्षक संघ संगठनहरूको विवादले प्रभावकारी बन्न नसकेको शिक्षक महासंघ तथा प्रतिनिधित्वमा आ–आफ्नो दावीका कारण समितिले पुर्णता पाउन सकेको छैन् ।

स्थानीय विकास अधिकारीको अध्यक्षतामा हुने ९ सदस्यीय समितिमा हाल सदस्य सचिव जिल्ला शिक्षा अधिकारी, पदेन सदस्य प्रमुख जिल्ला अधिकारी बाहेक सबै पद रिक्त छ । महासंघ गठनमा पेशागत संगठन एकजुट भएपनि प्रतिनिधित्वका बारेमा अलमलमा पर्दा जिल्लाको सम्रग शैक्षिक गतिविधिमै गम्भिर असर गरेको छ ।

शिक्षा ऐनमा समितिमा पेशागत शिक्षककोे साझा संस्था शिक्षक महासंघबाट १ जना, सामुदायिक विद्यालयका ब्यवस्थापन समितिबाट १ जना, शिक्षाविद्, चन्दादाताबाट ३ जना जसमध्ये महिला र र दलित दुईजना अनिवार्य र संस्थागत विद्यालयबाट १ जना प्रतिनिधि रहने ब्यवस्था रहेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए । ‘समितिको पुर्णता आवश्यकता छ । शैक्षिक एजेण्डा कार्यान्वयन गर्न समितिको आवश्यकता छ’ उनले भने ।
dsc00909
जिल्लाका सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा दरबन्दी फालाफाल हुदाँ दुर्गम क्षेत्रका विद्यालयमा निजी स्रोतबाट शिक्षक ब्यवस्थापन गर्नुपर्ने समस्या, जिल्लाको शैक्षिक नितिनिर्माण, योजनातर्जुमा, बजेट तथा भौतिक पुर्वााधार लगाएत शैक्षिक गतिविधिलाई ब्यवस्थित र प्रभावकारी बनाउन समितिको आवश्यकता रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विगतमा समेत समितिलाई पुर्णता दिने विषयमा बसेका बैठकमा पेशागत संगठन विच सहमति नभएको थिएन् ।

समितिमा रहेन सदस्यहरुमा समेत पेशागत संगठनले बाँडफाँड गर्ने विषयमा आफ्नो जिल्लामा बलियौ हैसियत रहेको तथा पटकपटक एउटैले प्रतिनिधित्व गर्न नपाउने जस्ता विवादले समिति अलपत्र परेको थियो ।प्रवेशिका परिक्षामा केन्द्राध्यक्ष, दरबन्दी मिलान, शिक्षक सरुवामा विवाद हुनुमा पनि शिक्षा समितिले पुर्णता नपाउनु प्रमुख कारण भएको कर्मचारीको भनाई छ । पेशागत संगठन विचको विवादका कारण माध्यामिक तहसम्म सञ्चालित जिल्लाका १९ वटा विद्यालयमा मावितहको एउटा पनि दरबन्दी नहुनुका साथै प्रावि तहमा विद्यार्थी संख्या घट्दा समेत धेरै विद्यालयका शिक्षकले फुर्सदमा दिन काट्ने गरेका छन् ।