सरकारले संविधान संशोधनको विधेयक व्यवस्थापिका संसदमा दर्ता गरेको विरोधमा नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले बिहीबार साँझ म्याग्दीमा राँके जुलुस प्रदर्शन गरेको छ । अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरु सहभागी विरोध ¥यालीले सरकारविरुद्ध चर्को नारा लगाउँदै सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन् ।
img_00171
बेनीको क्याम्पसचोकबाट शुरु गरेको राँके जुलुससहितको विरोध ¥यालीले बेनीबजारको परिक्रमा गरेको छ भने प्रहरीले राँके जुलुसमा हस्तक्षेप गरे पनि अनेरास्ववियुले राँके जुलुस सफल भएको जनाएको छ । राँके जुलुसपछि क्याम्पसचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले यो आन्दोलन अनेरास्ववियु, युवा संघ, एमालेको मात्र नभईं समग्र राष्ट्रप्रेमी जनताको भएको बताउनुभयो ।
img_00161
उहाँले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार गरिएको आन्दोलन कुनै दल विशेषको नभई राष्ट्रियता जोगाउन गरिएको आन्दोलनलाई पुलिस प्रशासनबाट सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले ५ नम्बर प्रदेशलाई टुक्राएर संघीयताको मुद्दालाई तहसनहस पार्न सरकार लागिपरेको आरोप लगाउँदै एमालेले त्यस्तो गर्न कुनै पनि हालतमा नदिने बताउनुभयो।
img_00301
सोही कार्यक्रममा एमाले म्याग्दीका सचिवालय सदस्य एवं विद्यार्थी इन्चार्ज दिपक कार्की (बिखर्ची)ले राष्ट्रियताको रक्षाका लागि विद्यार्थीहरुले आन्दोलन गरेको बताउँदै आन्दोलनलाई सबै पक्षबाट सहयोग गर्नुपर्ने बताउनुभएको थियो । अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले देशको स्वाधीनता रक्षाका लागि आफुहरुले आन्दोलन शुरु गर्नुपरेको बताउनुभयो । विद्यार्थीहरुले काँग्रेस–माओवादी गठबन्धन प्रचण्ड नेतृत्व सरकारको राजीनामा पनि मागरेका थिए ।
img_00235