बेनी नगरपालिका घतान–९ गलेश्वरमा बालाचतुर्दशीको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगितामा बागलुङ जिल्लालाई पराजित गदैं म्याग्दी भलिबल टिम सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा म्याग्दी समुहले सोजो ३ तिन सेट हात पादैं सेमिफाइनल प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धा अनुमान गरिएपनि म्याग्दीले तीनसेट नै हात पारेको थिए । केवाईसी घतानका सुजन क्षेत्रीको कप्तानीमा सहभागि रहेको म्याग्दी भलिबल समुहले नेपाली सेनाको अर्थुङे यूनाइटेडसंग शुक्रबार फाइनलका लागि प्रतिस्पर्धा गर्ने आयोजनकले जनाएको छ । बिहिबार नै भएको सेमिफाइनमा पर्वत जिल्लालाई पराजित गदैं छन्त्याल कन्ट्रक्सन बागलुङ फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार महिला भलिबल सुरू हुने गलेश्वर शिव यूवा क्लवका अध्यक्ष विजय शेरमजा मगरले बताए । उनका अनुसार शनिबार फाइनल खेल हुने छ ।
यता खुल्ला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा भइरहेको भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बताए । ‘अपेक्षा गरे अनुसारकै टिम सहभागिता भएका छन् । खुल्ला भएकाले अनुभवी खेलाडीहरु मैदानमा छन’ बानियाँले भने । प्रतियोगितामा भलिबलको पुरुष तर्फ प्रथम पुरस्कार ८१ हजार, द्धितिय ४१ हजार, महिलातर्फ प्रथम ३० हजार, द्धितिय १५ हजार रहेको छ ।

विज्ञापन