म्याग्दीको स्वास्थ्य क्षेत्र सुर्धान गर्न आफ्नै खर्चमा आएका थिए डा. केसी

0

चारबर्ष अगाडी म्याग्दी आएका टिचिङ अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द्र केसीले तिनदिनसम्म स्वास्थ्यसम्बन्धि जानकारी दिँदा सबै दंग परेका थिए । कारण आफुँले गरेको र डाक्टर केसीले भनेका धेरै कुरामा फरक थिए । जिल्लाभरलाई समेट्ने गरी ३० जनाको सहभागीता रहेको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कार्यक्रममा डा.केसीले चोटपटक लाग्दा गनुपर्ने उपचारको विधी, प्राथमीक उपचारको क्रममा अपनाउनुपर्ने सावधानी लगाएत विविध विषयमा प्रयोगात्मक विधिसहित सिकाएका थिए ।

‘हामीले मेडिकल कलेजमै नपढेको कुरा पनि सिकाउनुभयो । सरकारी सेवालाई विश्वास गर्ने वातावरण बनाइदिनुभयो’ जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकृत भिमप्रसाद आचार्यले भने । उनले जिल्ला अस्पताल म्याग्दी, स्वास्थ्य तथा उपस्वास्थ्य चौकी र इलाका स्वास्थ्य चौकीका समान्य पलाष्टर गर्दा अपनाउने गरिएको विधिलाई डाक्टर केसीको तिनदिने तालिमबाट परिमार्जन गरिएको बताए ।

हात÷खुट्टा भाँचिएपछि चोट लागेको ठाउँमा मिच्दा त्यसले थप असर गर्ने डाक्टर केसीको उपस्थितीमा जानकारी भएलगत्तै सोही अनुसार उपचार गर्ने गरिएको जिल्ला अस्पताल म्याग्दीमा कार्यरत स्वास्थ्यकर्मीको भनाई छ । डाक्टर केसीले जिल्लाभरको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महत्वपुर्ण भुमिका खेलेको बताउँदै स्वास्थ्यका नाममा भइरहेका विकृतिको अन्त्यका लागि देशभरका स्वास्थ्यकर्मी एकजुट भएका छन् । जिल्ला अस्पताल म्याग्दीका प्रमुख डा.रोशन न्यौपाने समेत हाडजोर्नी विशेषज्ञ हुन् ।