पढाईमा अब्बल अर्जमकी अरनीमा नेपालीको मुटुमा प्वाल परेपछि सहयोगको याचना

0

(प्रताप बानियाँ)
मुटुमा समस्या आएपछि म्याग्दीको बेनी नगरपालिका–२ अर्जमकी सात वर्षीया बालिका अरनीमा नेपालीको बचाउ अभियान शुरु भएको छ । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत अरनीमा बचाउ अभियान सञ्चालन गरिएको हो ।
20161202_131456
शुक्रबार सदरमुकाम बेनीमा संस्थाका उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा अरनीमा बचाउ अभियानका लागि आर्थिक सङ्कलन उपसमिति गठन गरी अभियान शुरु गरिएको ओमकुमारी शान्ति कोषले जनाएको छ । उपसमितिको सदस्यहरुमा घनश्याम खड्का, राजेश थापामगर, प्रकाश पौडेल रहेका छन्भने मलेसियामा आशिष परियार, कतारमा याम थापामगर, साउदीमा खगेन्द्र थापामगर र ईटालीमा रामचन्द्र थापा मगर रहेका छन् । अर्जमको ज्ञानपुञ्ज प्राविमा कक्षा ३ मा अध्ययरत नेपालीको मुटुमा समस्या भएपछि विद्यालय समेत जान छाडेकी थिइन् ।
20161202_130530
आर्थिक सङ्कलन उपसमितिले अरनीमाको उपचारमा रकम सङ्कलन गर्ने भएको छ । यसैबीच शुक्रबारै ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र निराजन थापाले क्रमशः पाँचहजार रुपैयाँका दरले सहयोग घोषणा गरेका छन् । त्यस्तै हरिकृष्ण गौतम र प्रकाश पौडेलले दुईदुई हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्भने बालिकाको उपचारमा सहयोग गर्ने सबैलाई आग्रह समेत गरिएको छ ।
20161202_130550
पारिवारको आर्थिक अवस्था कमजोर र उपचारमा खर्च धेरै लाग्ने तथा उपचार सम्भव रहेको डाक्टरले बताएपछि सहयोगका लागि परिवारको तर्फदेखि आग्रह गरिएको बालिकाको आमा निशा नेपालीले बताइन् । उनका अनुसार छोरीलाई स्वास्थ्यमा समस्या देखिएपछि बागलुङ हुँदै पोखराको गण्डकी अस्पतालमा उपचार लागि लगिएको थियो । गण्डकीमा स्वास्थ्य परीक्षणपछि मुटुमा प्वाल परेको डाक्टर बताएको र उपचारका लागि काठमाडौंस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा रिफर गरिएको थियो ।

मुटुको उपचारका लागि चारलाख ५० हजार रुपैयाँ लाग्ने बताइएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्र केसीले बालिकाको उपचारमा लाग्ने रकम अभाव हुन नदिने बताउँदै उपचारका लागि सङ्कलन हुने सबै रकम ओमकुमारी शान्ति कोषमार्फत सञ्चालन गर्न आग्रह गरेका थिए । कोषमार्फत अविनाश बानियाँ, ईन्द्रा खत्री, कुमार पुन र प्रवेश विकको उपचार भैरहेको छ भने हालसम्म २५ जनाको उपचारमा आर्थिक संयोजन गरिरहेको छ । कार्यक्रमको अवसरमा शान्ति कोषले प्रवासमा रहेर जिल्लाको सामाजिक क्षेत्रमा शान्ति कोषमार्फत सहयोग पु¥याएको भन्दै निराजन थापालाई स्वागत गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष गौतमको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।