गलेश्वरको खुल्ला भलिबलमा म्याग्दी समुह फाइनलमा प्रवेश

0

बेनी नगरपालिका घतान–९ गलेश्वरमा बालाचतुर्दशीको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगितामा नेपाली सेनाको अर्थुङे यूनाइटेडसंग पराजित गदैं म्याग्दी भलिबल टिम फाइनलमा प्रवेश गरेको छ ।

केवाईसी घतानका सुजन क्षेत्रीको कप्तानीमा सहभागि रहेको म्याग्दी भलिबल समुहले शनिबार छन्त्याल कन्ट्रक्सन बागलुङ फाइनलमा भिड्ने गलेश्वर शिव यूवा क्लवका अध्यक्ष विजय शेरमजा मगरले बताए । उनका अनुसार शनिबार फाइनल खेल हुने छ । प्रतियोगितामा भलिबलको पुरुष तर्फ प्रथम पुरस्कार ८१ हजार, द्धितिय ४१ हजार, महिलातर्फ प्रथम ३० हजार, द्धितिय १५ हजार रहेको छ ।