अज्ञात समुहले पश्चिम म्याग्दी यातायात सेवाका दुईवटा जीप तोडफोड

0
350

म्याग्दीको पश्चिम क्षेत्रलाई जोड्ने बेनी–दरबाङ सडकखण्डमा सञ्चालनको तयारीमा रहेको नयाँ जीप शुक्रबार राती अज्ञात समुहले तोडफोड गरेका छन् । पोखराबाट बेनी ल्याउने क्रममा पर्वतबेनीमा राखिएका दुईवटा जीपको सिसा तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
img_00262
पश्चिम म्याग्दीको दरबाङ क्षेत्रका युवा व्यवसायीहरुले पश्चिम म्याग्दी यातायात सेवा प्रालिमार्फत भोली आइतबार देखी बेनी–दरबाङ सडकमा जीप सेवा सञ्चालन हुन लागेको छ । पर्वतमा राखिएको ध १ ज ५९४ र ध १ ज ५९६ नम्बरको जीपको सिसा तोढफोड गरिएको अवस्थामा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पश्चिम म्याग्दी यातायात सेवा प्रालिले आफ्ना जीपको सुरक्षाको माग गरेको छ ।
img_00211
साढे तीन करोडको लगानी गरी १० ओटा जीप सञ्चालन गर्न लागेको पश्चिम म्याग्दी यातायात सेवा प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले जनताको सेवाका लागि पश्चिम म्याग्दीले जस्तो सुकै अवरोध समेत सामना गर्न तयार रहेको बताउँदै जीप तोडफोडमा संलग्नलाई कारवाहीको माग गरेका छन् । पश्चिम म्याग्दीका ५ जना युवा व्यवसायीद्वारा ७ जना यात्रुको क्षमता भएको महेन्द्र कम्पनीको हाईलक्स ब्राण्डको जीप सेवा सञ्चालन गरिएपछि अवरोध तथा त्रास फैलाउने प्रयास भइरहेको समेत समितिले जनाएको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।