पश्चिमाञ्चलस्तरीय खेलमा सहभागी हुनेलाई सफा र सुन्दर बेनीबजारमा स्वागत गरिने

0

सातौं राष्ट्रिय खेलकुदको पश्चिमाञ्चलस्तरीय भलिबल र कराँते प्रतियोगितामा सहभागि हुन आउने खेलाडी र अतिथिलाई सुन्दर र सफल बेनीबजारमा स्वागत गर्ने गरी सरसफाई तथा आवश्यक तयारी सुरू गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लामै पहिलोपटक हुन लागेको खेलमा सहभागि हुन आउने १६ जिल्लाका प्रतिनिधि, अतिथिलाई जिल्लाका चोकचोकमा ब्यानर, स्वागत गेटका साथै चिटिक्क सजिएको बेनीबजार बनाउने खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।
img_6590
‘सुन्दर बेनीबजार बनाउने अभियानमा छौ । नगरभित्रका पर्यटकीय र धार्मिक क्षेत्रमा समेत घुम्ने वातावरण बनाउँछौ’ विश्वकर्माले बेनीअनलाइनलाई भने । उनले आइतबार देखी दैनिक सरसफाईका लागि टोल सुधार समितिलाई आह्वान गर्ने, विद्यालय तथा नेपाली सेना र प्रहरीको सहयोगमा समेत बेनीबजारमा आवश्यक पर्ने काममा सहयोग मागिएको उनको भनाई छ । यसअघि गत कात्तिक २५ गतेदेखि हुने भनिएको क्षेत्रीय छनौट खेल स्थगित गरी यही मंसिर २५ गतेदेखि २९ गतेसम्म हुने प्रतियोगितामा म्याग्दीका पहिचानहरुलाई समेत झल्काउने गरी प्रस्तुतीको तयारी भइरहेको उनको भनाई छ ।
img_6584
खुल्लामञ्चमा हुने प्रतियोगिताका लागि बेनीबजार सरसफाई, मैदान मर्मत, प्रचारप्रसारका साथै विभिन्न तयारीमा सहयोगको अपिल समेत विश्वकर्माले गरेका छन् । आन्तरिक पर्यटन प्रर्वधनका रुपमा समेत प्रतियोगितालाई हेरिएको छ । पर्वतबेनीको प्रवेशद्धार देखी बेनीबजारका सबै क्षेत्रमा स्वागतका साथै अतिथिलाई आर्कषित गर्ने गरी तयारी भइरहेको छ । खेलकुद विकास समितिले पश्चिमाञ्चल तथा देशभर नै म्याग्दीको प्रचारप्रसार हुने गरी अभियानमा जुट्न समेत बेनीबजारबासीलाई अनुरोध गरेको छ ।
img_6578
img_6577
img_6576
img_6573