(प्रताप बानियाँ)
आउँदो पुस ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रीय छनौट खेलको तयारी म्याग्दीमा तीब्र पारिएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा आइतबार बेनीमा पत्रकार सम्मेलन गरी छनौट खेलको तयारी तीब्र बनाइएको जानकारी गराइएको हो ।
20161204_145217
यसअघि गत कात्तिक २५ गतेदेखि हुने भनिएको क्षेत्रीय छनौट खेल स्थगित गरी यही मंसिर २५ गतेदेखि २९ गतेसम्म बेनीको खुलामञ्च र कालीपुलस्थित कबर्डहलमा गर्न लागिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । क्षेत्रीय प्रतियोगिताअन्तर्गत म्याग्दीमा हुन गैरहेको क्षेत्रीय भलिबल तथा कराँते प्रतियागिताको तयारीलाई तिब्रता दिइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए ।

उनले खेलकुद प्रतियोगिताले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने भएकाले प्रतियोगिता सफल बनाउनु म्याग्दीवासी सबैको दायित्व भएको बताएका छन् । पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्लाका खेलाडीहरुले सहभागिता जनाउने छनौट प्रतियोगिता सम्पन्न गर्न विभिन्न १० वटा उपसमितिहरु गठन गरिएको छ ।
20161204_151150
प्रतियोगिता अवलोकनका लागि प्रतिव्यक्ति ३० रुपैयाँ र १५० वटा तीनहजार रुपैयाँका दरले विशेष टिकटको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । टिकट बिक्रीबाट प्राप्त आम्दानी धौलागिरी मावि सिङ्गाको बहिरा, बालजागृति प्रावि बगुवाखोलाको बौङ्गिक अपाङ्गता र ज्ञानोदय मावि मौवाफाँटमा सञ्चालित दृष्टिविहिन स्रोतकक्षालाई पाँचपाँच प्रतिशतका दरले सहयोग गरिने अध्यक्ष विश्वकर्माको भनाई छ ।
20161204_145228
पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका पश्चिमाञ्चल क्षेत्रीय सदस्य तथा धौलागिरि इन्चार्ज सम्पन्न श्रेष्ठले म्याग्दीमा भलिबल र कराँते प्रतियोगिता सञ्चालन गर्न ठूलो संघर्ष गरेको बताउँदै प्रतियोगितालाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् । सोही अवसरमा पोखरामा हुने फुटबल, एथलेक्टीक्स, टेबुलटेनिस र बास्केटबलको छनौट प्रतियोगितामा सहभागी ४५ जना खेलाडीहरुलाई विदाई गरिएको थियो ।

विज्ञापन